काठमाडौं। इजरायली सेनाले प्यालेस्टिनी अतिवादी समूह हमासविरुद्धको लडाइँ फेरि सुरु गरेको छ। थप एकदिन लम्बिएको युद्धविरामको सम्झौता भङ्ग गरी आक्रमण गरेको इजरायली सेनाले आरोप लगाएको बीबीसीले जनाएको छ। गाजाको दक्षिण क्षेत्रमा केही हवाई आक्रमण भएको हमासको अधीनमा रहेको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयले जनाएको छ। ...