काठमाडौं १ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने बताएका छन् । ताइवानको निर्वाचनमा स्वतन्त्रतावादी नेता राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले यस्तो टिप्पणी गरेका हुन् । शनिबार विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी सत्तारूढ डेमोर्क्याटिक प्रोग्रेसिभ पार्टी ९डीपीपी०का नेता हुन् ...