नयाँ दिल्ली १२ माघ। भारतले सोमबार आफ्नो ७७औँ गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजित मुख्य समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले तिरंगा फहराएपछि राष्ट्रगानसँगै २१ तोपको सलामी दिइएको थियो। सोही अवसरमा ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई भारतको सर्वोच्च शान्तिकालीन वीरता पुरस्कार ‘अशोक चक्र’ बाट सम्मानित ...