काठमाडौं, १६ माघ। उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातका कारण निधन भएको छ । न्यायाधीश मातृका मरासिनीको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए । उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । ...