काठमाडौं, १० चैत । कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण फैलिन नदिनका लागि दुई देशका अधिकारीबीच सहमति भएर दुवैतर्फको नाका आइतबारदेखि पूर्णरूपमा बन्द गरिएको हो । ...