म्याग्दी — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षाको सम्भावना औँल्याएपछि म्याग्दीका दुई मुख्य सडकमा रातको समयमा सवारी आवागमन रोकिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा आइतबार र सोमबार साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात ...