काठमाडौं, ११ भदौ । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाँै–तराई÷मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले ...