ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशलाई सधैं किन थोरै बजेट ?


एबीसी / संवाददाता
२३ जेष्ठ २०७९, सोमबार   १२ : ०७   बजे
पोखरा, २३ जेठ । सरकारले बजेटकाे रातो किताब सार्वजनिक गरिसकेकाे छ । संघको बजेटमा गण्डकी प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको छ ।

गण्डकी प्रदेशलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणका विभिन्न शीर्षकमा १६ अर्व ५४ करोड रुपैयाँ मात्रै बजेट दिइएको छ। आगामी आर्थिक वर्ष २०७९/८० का लागि वित्तीय समानीकरण सात अर्व ९२ करोड, सशर्त अनुदान ६ अर्व ९१ करोड, विशेष अनुदान ८६ करोड, समपुरक अनुदान ८३ करोड रुपैयाँ पठाइएको छ ।

नाै अर्व ९५ करोड चालू र ६ अर्व ५८ करोड पुँजीगत गरी १६ अर्व ५४ करोड रुपैयाँ विनियोजन भएको हो । एक अर्व दुई करोड वित्तीय समानीकरणको बजेटबाट सुरु भएको गण्डकी सरकारको आगामी वर्षको बजेट करिव ३६ लाख हाराहारी पुग्ने देखिन्छ ।

चालू वर्षमा दोस्राे कम बजेट पाउने सुदूरपश्चिम प्रदेशले गण्डकीभन्दा एक अर्व बढी अर्थात् १७ अर्व ५५ करोड पाएको छ । विगतको निरन्तरतालाई भंग गर्दै अहिले बागमती प्रदेशले सबैभन्दा धेरै २० अर्व ३२ करोड बजेट पायो ।

गण्डकीलाई आर्थिक वर्ष २०७५/७६ मा १३ अर्व २७ करोड रुपैयाँ अनुदान संघले दिएको थियो । तत्कालीन समयमा दोस्राे कम बजेट पाएको सुदूरपश्चिमले १४ अर्व २५ करोड पाएको थियो । सबैभन्दा धेरै प्रदेश १ लाई १९ अर्व ८८ करोड बजेट थियो । त्यसबेला प्रदेश १ ले सशर्त अनुदान मात्रै १३ अर्वभन्दा बढी भित्र्याएको थियो । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा झनै कम १२ अर्व ४६ करोड बजेट पाएको थियो । तत्कालीन समयमा सुदूरपश्चिम प्रदेशले १२ अर्व ५० करोड पाएको थियो । सबैभन्दा धेरै प्रदेश १ लाई १५ अर्व २० करोड बजेट दिइएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा पनि गण्डकीलाई सबैभन्दा कम १३ अर्व ३५ करोड रुपैयाँ दिँदा दोस्राे कम भएको मधेस प्रदेशले १३ अर्व ४० करोड पाएको थियो । सबैभन्दा धेरै प्रदेश १ ले १५ अर्व ४० करोड बजेट पाएको थियो ।

२०७८/०७९ मा १३ अर्व दुई करोड गण्डकीले पाउँदा दोस्राे कम मधेस प्रदेशलाई १३ अर्व ९२ करोड दिइएको थियो । प्रदेश १ को सबैभन्दा धेरै १६ अर्व २९ करोड बजेट थियो । सुरुदेखि अहिलेसम्म गण्डकी प्रदेश सबैभन्दा कम बजेट पाउने प्रदेशको सूचीमा सधैं अगाडि छ ।

यसरी कम बजेट पाउने कारण के होला ? प्राकृतिक स्राेत तथा वित्त आयोगका अध्यक्ष डा. बालानन्द पौडेल भन्छन्, ‘मानव विकास सूचकांक राम्रो भएको प्रदेशले बजेट कम पाउँछन् । जहाँ अभाव र मानव विकास सूचकांक कम छ, त्यहाँ बजेट बढी जान्छ ।’ तर उनले भनेझैं मानव विकास सूचकांकमा निकै कमजोर रहेका कर्णाली र सुदूरपश्चिम प्रदेश समेत कम बजेट पाउनेमध्येका हुन् ।

मानव विकास सूचकांक राम्रो मानिएको प्रदेश १ मा सधैं सबैभन्दा धेरै बजेट जान्छ । त्यसो भए नेताको प्रभावका बजेट विनियोजन हुन्छ त ? पौडेलले अगाडि भने, ‘समग्रमा हेर्ने भनेको विकास र सूचकांक नै हो । कहिलेकाहीँ नेताहरूको प्रभावमा पनि तलमाथि हुन सक्छ । तर त्यसो हुनु दुर्भाग्य हो ।’

मानव विकास सूचकांक राम्रो बनाएका प्रदेशमा भने अब थप बजेट दिने गरी आयोगले काम गरिरहेको उनले बताए । ‘सरकार बनेपछि मानव विकास सूचकांक सुधारेका प्रदेशलाई विशेष अनुदानको रूपमा बजेट उपलब्ध गराउने तयारी छ । अहिलेसम्म ५ प्रतिशतसम्म यो शीर्षकमा बजेट बढाएर पठाएका छौं । अव यसलाई १५ प्रतिशतसम्म पुर्‍याउने सोच छ,’ उनले अघि भने, ‘नत्र प्रदेशबीच प्रतिस्पर्धा नै नहुने भयो । सबै गरिव भएर बस्दा बढी बजेट पाउने भएपछि किन धनी हुने चाहना राख्छन् ? हाम्रो बजेट विनियोजनको आधार फेर्नुपर्छ ।’ उनले सशर्त अनुदान शीर्षकमा काठमाडौंबाट बजेट बढी पठाउनु चिन्ताजनक भएको भन्दै समानीकरणमा जोड दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group