ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिका सेमिफाइनलमा, विश्वकपका दुवै आयोजक उपाधि दौडबाट बाहिरिए


एबीसी न्यूज
१० असार २०८१, सोमबार   ११ : ५८   बजे

काठमाडौं १० असार । आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार बिहान भएको खेलमा वेस्ट इन्डिजमाथि डिएलएस मेथडमा ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरेको हो।

वेस्ट इन्डिजको हारले जारी विश्वकपका दुवै आयोजक टोली सुपर ८ बाट बाहिरिएका छन्।

 

समूह ‘बी’ बाट दक्षिण अफ्रिका र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन्। आयोजक वेस्ट इन्डिज र अमेरिका सुपर ८ बाटै बाहिरिए। सुपर ८ मा अमेरिका जित विहीन बन्यो।

वेस्ट इन्डिजले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २ ओभरमा २ विकेट गुमाएर १५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

ओसिलो मैदानका कारण खेल १७ ओभरमा घट्दा दक्षिण अफ्रिकाले १ सय २४ रनको नयाँ लक्ष्य पायो।

जुन लक्ष्य दक्षिण अफ्रिकाले ५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।

टिस्टन स्टुब्स २९, हेनरिच क्लासेन २२ र कप्तान एडेन मक्रम १८ रनमा आउट भए। मार्को जेनसेन २१ रनमा नटआउट रहे।

वेस्ट इन्डिजका रोष्टन चेसले ३ विकेट लिए। आन्द्रे रसेल र जोसेपले समान २ विकेट लिए।

त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनको योगफल तयार पारेको थियो।

वेस्ट इन्डिजका रोष्ट चेसले ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५२ रन हाने। ओपनर कायल मेयर्सले ३५ रन बनाए। आन्द्रे रसेल १५ रनमा नटआउट रहे।

तबरैज साम्सीले ३ विकेट झारे। मार्को जानसेन, एडेन मक्रम, ककेशव महाजन र कागिसो रवडाले समान १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu