ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हानियाको हत्यापछि पश्चिम एसियामा तनाव, एयर इन्डियाद्वारा इजरायल उडान स्थगन


एबीसी न्यूज
१८ श्रावण २०८१, शुक्रबार   ३ : ४७   बजे

काठमाडौं १८ साउन । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ।

पश्चिम एसियालाई पश्चिमी जगत्‌ले मध्यपूर्वु भन्ने गरेको छ।

इरानले हानिया हत्याको बदला लिन इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएको छ। इजरायल उच्च सतर्कतामा छ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एअर इन्डियाले भारत र इजरायलको राजधानी तेल अभिभवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ।

एअर इन्डियाले ८ अगस्टसम्मका लागि सेवा बन्द गरेको हो।

एअर इन्डियाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अभिभमा प्रस्तावित उडान स्थगन गर्ने निर्णय गरेका छौँ। तेल अभिभ जाने र उताबाट यता आउने एअरलाइन्सहरू २०२४ अगस्ट ८ सम्मका लागि रोक्का गरिएको छ। हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौँ।’

यस्तै एअर इन्डियाले सामाजिक सञ्जालमार्फत यस अवधिमा टिकट बुक गरेका यात्रुहरूले फेरि टिकट बुक गरेमा एकपटक छुट र रद्द शुल्कबाट राहत दिइने जनाएको छ।

एअर इन्डियाले लेखेको छ, ‘हाम्रा यात्रुहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। थप जानकारीका लागि तपाईंले हामीलाई ०११६९३२९३३र०११–६९३२९९९९ मा फोन गर्न सक्नुहुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group