ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत लेबनानमा


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ३ : २५   बजे

काठमाडौं ४ मंसिर । अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ता गर्न मङ्गलबार लेबनान आइपुगेका छन्।

हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाहबीच युद्धविरामको नेतृत्व गरेका छन्। सोही सिलसिलामा होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर ७ को आक्रमणबाट गाजामा युद्ध सुरु भएदेखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिब एक वर्षपछि सेप्टेम्बर २३ मा इजरायलले सेना पठाउनुअघि लेबनानमा हवाई आक्रमण भएको छ।

 

लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावबारे सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उनीसँग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन्।

लेबनान भ्रमणको जनाकारी गराउँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावमा समन्वय गरिरहेको बताएका छन्।

मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयनका लागि दबाब दिइरहेको बताउँदै लेबनानी र राष्ट्रसङ्घीय सेनाबाहेक सबै सेना इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेको बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनर्निर्माण गर्नबाट रोकी हिजबुल्लाहविरुद्ध कारबाही गर्ने बताएका छन्।

यसअघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजनाबारे छलफल गरेको बताएका छन्।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गर्ने बताउँदै उनले ६० दिनको युद्धविरामपछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताएका छन्।

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन्। राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group