ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्ध झनै खराब अवस्थामा, रुसले आणविक हतियार प्रयोग गर्ने चिन्ता बढ्यो


एबीसी न्यूज
५ मंसिर २०८१, बुधबार   ८ : ३०   बजे

काठमाडौं ५ मंसिर । रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आक्रमण शुरू गरेको हजार दिन पुगेकै दिन हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्नुभएको छ । रुसको नयाँ नीति युक्रेन युद्धमा आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रयोग गर्न अनुमति दिएपछि आएको नीतिले युद्धलाई झनै खराब अवस्थामा पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाको अनुमतिसँगै युक्रेनले अमेरिकाले दिएका लामो दूरीका क्षेप्यास्त्र रुसी भूमिमा प्रहार गर्न थालेको छ । रुसले केही दिन अघिदेखि नै युक्रेनमा ड्रोन आक्रमणलाई तीव्र बनाएको छ ।

अहिले रुसी सेनाहरू युक्रेनको पूर्वतर्फ तीव्र गतिमा बढिरहेका छन् । उनीहरूलाई रोक्न उपयोगी हुने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ुएन्टी पर्सनलु ल्यान्ड माइन उपलब्ध गराउने सहमति गर्नुभएको छ । यही बीचमा रुसले आणविक घुम्ती सेल्टरहरू उत्पादन र ठाउँठाउँमा राख्ने क्रम बढाएको छ । यस्ता सेल्टरहरूले आणविक विस्फोटको विकिरण तथा आणविक प्रदूषणबाट जोगाउने रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच अमेरिकाले युक्रेनमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ । रुसबाट हुन सक्ने ठूलो आक्रमणलाई ख्याल गरेर दूतावास बन्द गरेको हो । युक्रेनमा रहेको अमेरिकी दूतावासले रुसबाट नोभेम्बर २० तारिखमा युक्रेनमाथि विशेष हवाई आक्रमण गर्न लागेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।

एक हजार दिनको युद्धमा झन्डै डेढ लाख रुसी सेना, झन्डै एक लाख युक्रेनी सेना र १२ हजार जनाभन्दा धेरै युक्रेनी नागरिक मारिएका विवरणहरू सार्वजनिक भए पनि स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनबाट झन्डै ६५ लाख मानिस देश छाड्न बाध्य भएका छन् । ३७ ला जनाभन्दा धेरै मानिस देशभित्रै विस्थापित भएका छन् । युद्धका कारण युक्रेनले ठूलो भौतिक क्षति बेहोरेको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएमा युद्ध रोक्ने बताए पनि उहाँको कार्यकाल शुरू हुने बेलामै युद्ध झनै खतरनाक अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१३ मन्त्रालयको ओएनएम सकियो, ९ हजार ६०७ कर्मचारीको दरबन्दी अभिलेखमा

अधिवेशनको मितिमा विवाद, निर्माण व्यवसायी संघको बैठकमै कुटाकुट

सम्बन्धित

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

फ्लोरेसमा ७.७ को महाभूकम्प : ५३ जनाको मृत्यु, हजारौँ विस्थापित, उद्धारमा पहिरोको अवरोध

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

इरान युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनलाई सकस, सुरुवाती लक्ष्यबाट पछि हट्दै?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu