ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुगलको सर्च इन्जिनमा एकाधिकार तोड्न अमेरिकाको प्रस्ताव


एबीसी न्यूज
६ मंसिर २०८१, बिहिबार   १२ : ३०   बजे

काठमाडौं ६ मंसिर । अमेरिकी न्याय विभाग र केही राज्यहरूले बुधबार राति एक संघीय अदालतलाई गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न बाध्य पार्नेगरी निर्णय गर्न आग्रह गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अगस्टमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश अमित पी मेहताले गुगलले अनलाइन खोजमा एकाधिकार कायम गरेको ठहर गरेका थिए ।

न्यायाधीश मेहताले न्याय विभाग र मुद्दा दायर गर्ने राज्यहरूलाई खोजी गुगलको एकाधिकार सच्याउन बुधबारसम्म समाधान पेस गर्न भनेका थिए ।

यो कदमले २ ट्रिलियन डलरको कम्पनीको व्यवसायको आधारभूत स्वरूप नै बदलिन सक्छ भने इन्टरनेटमा हुने प्रतिस्पर्धा नयाँ अवस्थामा पुग्नेछ ।

सरकारले न्यायाधीश मेहतासँग क्रोम बेच्नुका साथै गुगललाई अरु के विकल्प दिन सकिन्छ भनेर सोधेको थियो ।

ती विकल्पमा कि त स्मार्टफोनको अपरेटिङ सिस्टम एन्ड्रोइड बेच्ने कि एन्ड्रोइड प्रयोग गर्ने फोनहरूमाथि आफ्नो सेवाहरू अनिवार्य बनाउनबाट गुगललाई रोक्ने रहेका छन् ।

यदि गुगलले यी सर्तहरू तोड्यो वा नयाँ बदलाव सुधार हरूले प्रतिस्पर्धा सुधार गर्न असफल भएमा सरकारले पछि कम्पनीलाई एन्ड्रोइड बेच्न बाध्य पार्न सक्छ ।

सरकारले न्यायाधीशलाई गुगललाई एप्पल र अन्य कम्पनीहरूसँग स्मार्टफोन र ब्राउजरहरूमा स्वचालित खोज इन्जिन राख्नका लागि गरिएका सशुल्क सम्झौताहरू रोक्न पनि आग्रह गरेको छ ।

योसँगै गुगललाई १० वर्षसम्म कम्पनीको खोज नतिजा डाटामा पहुँच पनि दिनुपर्नेछ जुन प्रतिस्पर्धीहरूलाई गुगलको उत्पादनको गुणस्तरसँग पछ्याउन मद्दत गर्नेछ ।

सन् २००० मा न्याय विभागले माइक्रोसफ्टसँग माग गरेकोपछि यो सबैभन्दा महत्वपूर्ण प्रस्ताव हो । यदि न्यायाधीश मेहताले न्याय विभागको यी प्रस्तावहरू स्वीकार गरे भने एप्पल, अमेजन र मेटा लगायतका विख्यात टेक कम्पनीहरूको प्रभुत्वलाई चुनौती दिने अन्य प्रतिस्पर्धा विरोधी मुद्दाहरूको व्याख्या गर्ने नजिर उपलब्ध हुनेछ ।

क्रोम र एन्ड्रोइड बेच्न बाध्य पारिनु गुगलका लागि सबैभन्दा खराब परिणामहरू मध्ये एक हुनेछ । सन् २००८ मा सुरु गरिएको र प्रयोग गर्न निःशुल्क रहेको क्रोम, स्ट्याटकाउन्टरका अनुसार विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । यसले विश्वव्यापी ब्राउजर बजारको अनुमानित ६७ प्रतिशत हिस्सा ओगटेको छ ।

स्ट्याटकाउन्टरका अनुसार एन्ड्रोइड विश्वको सबैभन्दा लोकप्रिय मोबाइल सफ्टवेयर हो, जसले बजारको अनुमानित ७१ प्रतिशत हिस्सा ओगटेको छ ।

दुवै गुगलको विस्तृत इकोसिस्टमको अंश हुन् जसमा विश्वका धेरै मानिस जोडिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group