ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झारखण्डमा इन्डिया गठबन्धन बहुमत, बिजेपीको एन्डिए पराजित


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ११ : ५०   बजे

काठमाडौं ९ मंसिर । भारतमा भएको राज्यस्तरको चुनावमा बिजेपी गठबन्धनको मिश्रित नतिजा आएको छ । चुनावी परिणामहरूका अनुसार महाराष्ट्रमा बिजेपी नेतृत्वले कांग्रेस तथा शिवसेनाको गठबन्धनलाई पराजित गरेको छ ।

राज्यका २२० सिटमा बेजेपी गठबन्धन ‘महायुती’ले अग्रता लिएको भारतीय मिडिया लाइभ मिन्टले उल्लेख गरेको छ । २८८ सिटको चुनावमा बिजेपी गठबन्धनलाई यो ठूलो जित हो ।

खासगरि महाराष्ट्रको राज्य शक्तिको रूपमा हेरिएको शिव सेनालाई यो जितले धक्का दिएको छ । यद्यपि शिव सेनाको सिन्धे घटक भने बिजेपीसँगै थियो । एकनाथ सिन्धे नै मुख्यमन्त्री थिए ।

८१ सिट भएको झारखण्ड चुनावमा भने बिजेपी पाखा लागेको छ । लाइभ मिन्टका अनुसार कंग्रेस नेतृत्वको इण्डिया गठबन्धनले ५६ सिट जितिसकेको छ । उसो त यस अगाडि पनि बिजेपी झारखण्डमा सत्तामा थिएन । मुख्यमन्त्री थिए झारखण्ड मुक्ति मोर्चाका हेमन्त सोरेन ।

आदिवासी मत तान्न नसकेर बिजेपी कमजोर भएको बताइएको छ ।
झारखण्डको इतिहासमा प्रथम मुख्यमन्त्रीसहित पाँचपटक मुख्यमन्त्री बनाएको बिजेपीले यो पटक सत्तामा आउने बाटो जनताबाट पाएन ।

उपचुनावमा बिजेपी टीमले बढायो सिट, घटायो कंग्रेसले

लाइभ मिन्टका अनुसार भारतमा भएको ४६ सिटको उपचुनावमा उत्तरी क्षेत्रमा बिजेपी तथा दक्षिणी क्षेत्रमा कंग्रेस हाबी भएका छन् भने पश्चिम बंगलामा त्रिणमुलको पटक जारी देखिएको छ ।

उपचुनावमा बिजेपी गठबन्धनले २६ सिट ल्याएको छ । यो भनेको ९ सिटले बढी हो । कंग्रेस गठबन्धनले सात सिट जितेको छ । यो भनेको ६ सिट घाटा हो । त्रिणमुल कंग्रेसले ६ सिट जितेको छ भने आम आद्मी पार्टी र समाजवादी पार्टीले क्रमशः ३ र २ सिट जितेका छन् ।

यस्तै सिक्किममा भएको लोकसभा उपचुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाले दुवै सिट जितेको छ, भने कंग्रेस नेतृ प्रियङ्का गान्धीले ४ लाख बढी मतान्तरले वायानाडबाट विजय भएकी छिन् । उक्त सिट राहुलले छोडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group