ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्धक रिहा गर्न हमासलाई राष्ट्रपति ट्रम्पको अन्तिम चेतावनी


एबीसी न्यूज
२२ फाल्गुन २०८१, बिहिबार   ७ : २७   बजे

काठमाडौं, २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्। ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु। मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उनले ट्र्थ सोसलमा लेखेका छन्।
बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन्।
ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताएका छन्। उनले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न भनेका छन्। उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन्।
ट्रम्पले त्यहाँका सर्वसाधारणलाई समेत चेतावनी दिएका छन्। उनले गाजावासीका लागि सुन्दर भविष्य पर्खिरहेको भए पनि बन्दी रिहाइ नभएमा त्यसो नहुने बताएका हुन्। साथै उनले बन्दी रही रहे जो कोही पनि मर्नसक्ने चेतावनी दिए। युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो।

प्यालेस्टाइनी स्रोतका अनुसार यो बीचमा हमास र अमेरिकी अधिकारीबीच दुई पटक वार्ता समेत भइसकेको छ। प्यालेस्टाइनी स्रोत उद्धृत गर्दै यी समाचार बिबिसीले प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group