ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि


एबीसी न्यूज
२२ फाल्गुन २०८२, शुक्रबार   ७ : २१   बजे

रूपन्देही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले सुरुवाती मतगणनामा उल्लेखनीय अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणामअनुसार खरेलले ४,०७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८४५ मत मात्र प्राप्त गरेका छन्। यस आधारमा खरेलले पौडेलभन्दा चार गुणाभन्दा बढीको फराकिलो मतान्तर कायम गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ५०४ मत प्राप्त गरेका छन्।

यो नतिजा तिलोत्तमा नगरपालिका वडा नम्बर १ र बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणनाबाट आएको हो। हाल सैनामैना नगरपालिका वडा नम्बर १ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नम्बर १ देखि १३ सम्म, तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्म तथा सैनामैना नगरपालिकाका वडा नम्बर १ देखि ४ सम्मका मतदाता समेटिएका छन्।

यस क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का दीपक गुरुङ, जनमत पार्टीका रमेश लोध लगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी जम्मा ३९ जना प्रतिस्पर्धामा छन्।

सुरुवाती मतपरिणामले रूपन्देही–२ मा प्रतिस्पर्धा रोचक बन्दै गएको संकेत गरेको छ। मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि भने थप प्रतीक्षा गर्नुपर्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिबको घरमा मात्रै होइन, सबै अतिक्रमणमा चलोस् डोजर : सांसद मनीष झा

उद्योगीलाई झन्झट, पुँजी विदेशिँदै : लगानीमैत्री वातावरण बनाउन सरकार असफल भएको आरोप

सम्बन्धित

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu