ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक साता स्थगित भएको संसद बैठक आज बस्दै


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ७ : १३   बजे

काठमाडौं, १४ असार । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ।संसद् सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्ने छ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो।

सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका थिए।

आजको बैठकका लागि संसद् सचिवालयले सम्भावित विभिन्न १२ वटा कार्यसूची तय गरेको छ।

बैठकको सुरुमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ।

त्यसैगरी, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछन्।

आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण संसोधन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ, जसमध्येस् सार्वजनिक खरिद र सहकारी विधेयकस् प्रधानमन्त्रीको तर्फबाट मन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ू र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन्।

सम्पत्ति शुद्धीकरण र स्वास्थ्य विधेयक: अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ्ग० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३ू र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन्।

आजको बैठकमा ूआर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। छलफल पश्चात् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेस भई प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ र सो विधेयकलाई समेत आजै पारित गर्ने कार्यसूची रहेको छ।

बैठकको अन्त्यमा प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्। यस अघि असार ५ गते बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

Russia Faces Growing Mobilization Fears as Recruitment Tactics Intensify

Rwanda Accuses DR Congo of Supporting Rwandan Armed Group

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu