ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामीले हरेस खानु हुँदैन रहेछ, संघर्ष गरिरहनुपर्ने रहेछ-गृहमन्त्री


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३०   बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले युवाहरूलाई जीवनदेखि हरेस नखान आह्वान गरेका छन् । राष्ट्रियसभाको प्रश्नोत्तरमा बिहीबार सहभागी भएका मन्त्री गुरुङले सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको जवाफ दिने क्रममा युवाहरूलाई जीवनदेखि हरेस नखान आह्वान गारेका हुन् ।

‘समाजका युवापुस्तामा बढिरहेको आत्मदाह र आत्महत्या जस्ता घटना रोक्न सरकारले के के गर्दै छ ?’ भन्ने आशयमा सांसद विश्वकर्माले प्रश्न सोधेका थिए ।

जवाफमा उनले तीन तहकै सरकारको समन्वयका लागि काम भइरहेको बताए । “यसका लागि तीन तहका सरकार मिलेर काम गर्नुपर्ने हुन्छ । युवाहरूमा दबाब र निराशा पनि सृजना भएको छ । यसका लागि तीनवटैै सरकार मिलेर समन्वयमा काम गर्न एउटा योजना बनाइरहेका छौँ । समन्वय भइरहेको छ,” मन्त्री गुरुङले भने, “आत्महत्या रोकथामका लागि हेल्पलाइन पनि सञ्चालन गरेका छौँ ।”

त्यसपछि उनले युवाहरूलाई आफू पनि युवा भएको भन्दै जीवनदेखि हरेस नखान आग्रह गरे । संघर्ष नै हाम्रो संस्कार भएको भन्दै दुःखलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने बताए । “युवा भएको नाताले सम्मानित सदनबाट भन्न चाहन्छु – हामीले हरेस खानु हुँदैन रहेछ । जीवनमा संघर्ष गरिरहनुपर्ने रहेछ,” गुरुङले भने, “संघर्ष हाम्रो संस्कारमै आएको छ । दुःख नभएको मानिस हुँदैन । दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ ।”

उनले युवाहरूलाई खेल र अन्य क्षेत्रमा सहभागी गराएर व्यस्त बनाउने र सृजनात्मक रूपमा सक्रिय बनाउने सरकारको लक्ष्य रहेको बताए । उक्त लक्ष्य हासिल गर्न पनि तीन तहकै सरकारको समन्वय आवश्यक पर्ने उनको भनाइ थियो । मन्त्री गुरुङलाई विश्वर्माले मात्र दुईवटा प्रश्न सोधेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

राष्ट्र बैंकको निरीक्षणमा डिजिटल भुक्तानी सेवा प्रदायकको कमजोरी उजागर, केवाईसी प्रमाणीकरणमै गम्भीर प्रश्न

पुँजीगत खर्च सुधार्न सरकारको नयाँ रणनीति : मन्त्रालयलाई रकमान्तर अधिकार, नयाँ खरिद ऐन र तीन वर्षको स्रोत सुनिश्चित

धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी

करदाता प्रोत्साहन उपहार कार्यक्रम : पहिलो बम्पर विजेताले पाए १० लाख रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu