ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास उद्योगको अनुगमनमा अनियमितता भेटिएपछि मोरङमा कारबाही, कोसी ग्यासलाई २ लाख ९० हजार जरिवाना


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ९ : ०५   बजे

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले एलपी ग्यासको वितरण व्यवस्थापनमा अनियमितता गर्ने तथा बजार अनुगमनमा सहयोग नगर्ने उद्योग र व्यापारीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार बुढीगंगा गाउँपालिका–४ मा रहेको कोसी ग्यास उद्योग प्रालिमा गरिएको अनुगमनका क्रममा गम्भीर लापरबाही भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग सञ्चालनमा नरहेको पाइएको कोइरालाले बताए। उद्योग परिसरमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा ग्यासको तौलमा गम्भीर अनियमितता भेटिएको प्रशासनले जनाएको छ।

तौल परीक्षण गरिएका सिलिन्डरमध्ये एउटा सिलिन्डरमा १३.७४५ केजी मात्रै ग्यास रहेको पाइएको थियो। त्यसपछि उद्योगलाई तत्काल २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको कोइरालाले जानकारी दिए।

त्यस्तै, परीक्षण गरिएका बाँकी ६३ वटा सिलिन्डरमा समेत औसत तौल १४.१८५ केजी मात्रै पाइएको थियो। निर्धारित मापदण्डभन्दा कम ग्यास भरिएको पाइएपछि उद्योगमाथि थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रममा उद्योगमा रहेका खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत अनियमितता भेटिएको थियो।

प्रशासनका अनुसार १० वटा खाली सिलिन्डरमध्ये ९ वटाको तौल तोकिएको मापदण्डभन्दा १०० देखि १५० ग्रामसम्म बढी पाइएको थियो।

खाली सिलिन्डरको तौल नै बढी देखाएर त्यसमा कम तौलको ग्यास भरी बिक्री वितरण गर्ने गरेको देखिएपछि उद्योगमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रशासनले उपभोक्ताले खरिद गर्ने ग्यासको वास्तविक तौल सुनिश्चित गर्न नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

अनुगमनमा सहयोग नगर्ने व्यापारीलाई पनि जरिवाना

यसैबीच, बजार अनुगमनका क्रममा विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सले जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेपछि प्रशासनले ११ हजार रुपैयाँ जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालयले एलपी ग्यासको आपूर्ति, वितरण तथा तौलमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ।

ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा कृत्रिम अभाव, कम तौल वा वितरणमा अनियमितता गर्ने उद्योग तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने प्रशासनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

वीरगन्जमा १६.५७ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु, पाँच जना पक्राउ

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu