ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगा–सिस्नेखोला सुरुङको शुल्क क्यूआर र आरएफआईडीबाट तिर्न सकिने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : १५   बजे

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने क्यूआर कोडबाट पनि भुक्तानी गर्न सकिनेछ।

यस व्यवस्थाले नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई नगद बोक्नुपर्ने बाध्यता हटाउनुका साथै शुल्क भुक्तानीलाई सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरेको छ। कार, भ्यान, पिकअपलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा सिंगल रियर एक्सलका ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ। मल्टी एक्सल ट्रक तथा भारी सवारीसाधनका लागि प्रवेश शुल्क ६०० र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

सम्बन्धित

नारायणी अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव

नाइमा अटो एक्स्पोमा बीवाईडीका तीन नयाँ मोडल सार्वजनिक

नाइमा एक्स्पोमा मोर्बिडेली टी–२५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार

प्रोटोनको नयाँ ईभी ‘ई.मास ५’ नेपाली बजारमा, सुरुवाती मूल्य २९ लाख ९९ हजार

भदौ २३ र २४ को घटनालाई ‘फोर्स मेजर’ मान्न सकिने अर्थमन्त्री वाग्लेको धारणा

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटर बीओथ्रीएक्स सार्वजनिक, ५०५ किमीसम्म रेन्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu