काठमाडौं । एनएमबी बैंक लिमिटेडले नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजदरमा ईभी अटो कर्जा योजना ल्याएको छ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो कर्जा सीमित अवधिका लागि उपलब्ध हुने बैंकले जनाएको छ। इच्छुक ग्राहकले एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ०५ तथा देशभरका एनएमबी बैंकका १९८ शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।
बैंकले १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत समेत सेवा दिँदै आएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्