काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो–२०२६ को मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा औपचारिक उद्घाटन गरिएको छ। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादन प्रदर्शनमा राखिएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गर्नुभएको हो। आयोजकका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिनेछ।
एक्स्पोमा नवीनतम प्रविधि र सवारीसाधनबारे उपभोक्तालाई जानकारी दिने उद्देश्यले विभिन्न स्टल राखिएका छन्। प्रदर्शनीमा सहभागीले सवारीसाधनका विशेषता, प्रविधि तथा उपलब्ध विकल्पबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्