ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेटलाइफ नेपालले पोखरामा गण्डकी प्रदेश कार्यालय स्थापना गर्‍यो


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ३५   बजे

काठमाडौं । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार नयाँ कार्यालयमार्फत गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीको उपस्थिति थियो।

नयाँ कार्यालयबाट बीमा परामर्श, पोलिसी सेवा, दाबीसम्बन्धी सहजीकरण तथा ग्राहक सेवासहितका सुविधा प्रदेशमै उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराउने बताइएको छ।

स्थानीय सेवामा सहजता ल्याउने अपेक्षा

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेशमा कार्यालय स्थापना गर्नु कम्पनीको दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताए।

उनले बीमा सेवा सबैका लागि सहज र पहुँचयोग्य बनाउनुपर्ने भन्दै नयाँ कार्यालयमार्फत ग्राहकसँगको सम्बन्ध थप नजिक हुने विश्वास व्यक्त गरे।

कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य विस्तार हुनुका साथै बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

त्यस्तै, प्रदेशभरका व्यावसायिक संस्था तथा विभिन्न निकायसँग सहकार्य विस्तार गर्दै व्यक्ति, परिवार र व्यवसायलाई बीमा तथा आर्थिक सुरक्षाका सेवा थप सहज बनाउने कम्पनीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

सम्बन्धित

नारायणी अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव

नाइमा अटो एक्स्पोमा बीवाईडीका तीन नयाँ मोडल सार्वजनिक

नाइमा एक्स्पोमा मोर्बिडेली टी–२५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार

प्रोटोनको नयाँ ईभी ‘ई.मास ५’ नेपाली बजारमा, सुरुवाती मूल्य २९ लाख ९९ हजार

भदौ २३ र २४ को घटनालाई ‘फोर्स मेजर’ मान्न सकिने अर्थमन्त्री वाग्लेको धारणा

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटर बीओथ्रीएक्स सार्वजनिक, ५०५ किमीसम्म रेन्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu