काठमाडौं । काभ्रेमा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड गाभिने भएका छन्।
दुवै संस्थाबीच साउन २५ गते गाभ्ने–गाभिने प्रक्रिया अघि बढाउने उद्देश्यले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार दुई संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ बमोजिम एकीकरण प्रक्रिया अघि बढाउनेछन्।
आधारभूत सेयर कारोबार रोक्का
गाभ्ने प्रक्रिया सुरु भएसँगै दुवै संस्थाका आधारभूत सेयरधनीको सेयर कारोबार साधारणसभा सम्पन्न नभएसम्मका लागि रोक्का गरिएको छ।
निर्देशिकाको दफा ७ बमोजिम सेयर कारोबार रोक्का राखिएको जानकारी नेपाल राष्ट्र बैंकलाई गराउँदै आवश्यक निर्देशन तथा प्रक्रिया पालना गर्न अनुरोध गरिएको दुवै संस्थाले जनाएका छन्।
गाभ्ने प्रक्रिया पूरा भएपछि दुवै संस्थाको संयुक्त संरचना र सेयर स्वामित्वसम्बन्धी विषय आगामी साधारणसभालगायत आवश्यक प्रक्रियाबाट टुंगो लगाइनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्