ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा मोबिलिटी एक्स्पोमा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १२ : ३५   बजे

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक पायनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार निसान टेकटन ‘डिजाइन्ड टु डिस्रप्ट’ अवधारणामा आधारित छ। गत जुलाई ९ मा भारतको मुम्बईमा विश्वव्यापी सार्वजनिक प्रदर्शन गरिएको यो एसयूभी दक्षिण एसियाली बजारमा ल्याइएको हो।

निसान टेकटनमा बोल्ड तथा मस्कुलर डिजाइन, आकर्षक बडी लाइन, अपराइट स्टान्स, सी–सेप्ड एलईडी लाइटिङ र होरिजन्टल फ्रन्ट डिजाइन राखिएको छ। कम्पनीले यसलाई सहरी सडकदेखि पहाडी राजमार्गसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको जनाएको छ।

आधुनिक प्रविधि र सुरक्षा सुविधा

टेकटनको इन्टेरियरमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोजस्ता कनेक्टिभिटी सुविधा छन्।

एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्रुज कन्ट्रोल, रियर–भ्यू क्यामेरा, ई–सिफ्टर तथा प्रिमियम इन्टेरियर फिनिस राखिएको छ। यसमा ७०० लिटरसम्मको बुट स्पेस, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा उपलब्ध छन्।

त्यस्तै, इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र ब्लाइन्ड स्पट वार्निङजस्ता उन्नत चालक सहायता प्रणाली पनि टेकटनमा समावेश छन्।

दुई पावरट्रेन विकल्प

निसान टेकटन टर्बो टी१६० र टर्बो टी२८० गरी दुई पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसले अधिकतम १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्छ।

टर्बो टी२८० भेरियन्टमा ६–स्पीड वेट–क्लच डुअल क्लच ट्रान्समिसन र ई–सिफ्टर उपलब्ध छ। यसले सहज गियर परिवर्तन तथा ड्राइभिङ नियन्त्रणमा सहयोग गर्ने कम्पनीको दाबी छ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा आगन्तुकले निसान टेकटनको प्रत्यक्ष अवलोकन गर्नुका साथै यसको प्रविधि र विशेषताबारे जानकारी लिन सक्नेछन्।

मूल्य सार्वजनिक भएन

कम्पनीले निसान टेकटनको मूल्य भने सार्वजनिक गरेको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

सम्बन्धित

नारायणी अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव

नाइमा अटो एक्स्पोमा बीवाईडीका तीन नयाँ मोडल सार्वजनिक

नाइमा एक्स्पोमा मोर्बिडेली टी–२५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार

प्रोटोनको नयाँ ईभी ‘ई.मास ५’ नेपाली बजारमा, सुरुवाती मूल्य २९ लाख ९९ हजार

भदौ २३ र २४ को घटनालाई ‘फोर्स मेजर’ मान्न सकिने अर्थमन्त्री वाग्लेको धारणा

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटर बीओथ्रीएक्स सार्वजनिक, ५०५ किमीसम्म रेन्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu