काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ भने युरोको मूल्य सामान्य घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ कायम भएको छ। बुधबार डलरको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा थियो। यसअनुसार अमेरिकी डलरको खरिददर २१ पैसा र बिक्रीदर २१ पैसा बढेको छ।
युरो भने आज केही सस्तिएको छ। राष्ट्र बैंकले एक युरोको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तोकेको छ। अघिल्लो दिन यसको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा थियो।
पाउन्ड स्टर्लिङको मूल्य भने बढेको छ। आज एक पाउन्डको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। बुधबार यसको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा थियो।
त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा कायम भएको छ। अघिल्लो दिन अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा थियो।
कुवेती दिनारको मूल्य पनि बढेको छ। आज एक कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २१ पैसा रहेको छ। बुधबार यसको खरिददर ४९५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५३ पैसा थियो।
बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर ४०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०५ रुपैयाँ २२ पैसा थियो।
यसअघि जेठ ७ गते अमेरिकी डलरको मूल्य एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च दर रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक विनिमयदर कायम गर्न सक्नेछन्। पछिल्लो आधिकारिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्