ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाट्टामा राजनीतिक गतिविधि नगर्न सभामुख डीपी अर्यालको सुझाव


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : २५   बजे

काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताएका छन्।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ साधारणसभाको उद्घाटन समारोहमा बोल्दै अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्धन र व्यावसायिक हितमा केन्द्रित हुनुपर्ने बताए।

“यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उनले भने।

पर्यटनका लागि सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै अर्यालले हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटनसँग जोडिएका हरेक सेवामा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए। पर्यटन क्षेत्र सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्नेमा जोड दिए। अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै पर्यटक बसपार्कका लागि निश्चित क्षेत्र तोक्नुपर्ने उनले बताए।

नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको पनि अर्यालले बताए। “नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उनले भने।

विश्वका विभिन्न एयरलाइन्स नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

नेपालको पर्यटन विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउनुपर्नेमा उनले जोड दिए। त्यसका लागि पर्यटन व्यवसायीको समेत सक्रिय भूमिका आवश्यक रहेको उनले बताए।

पर्यटन व्यवसायमा नेपाली र विदेशी पर्यटकबीच हुने विभेद अन्त्य गर्नुपर्ने पनि अर्यालले बताए। “होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले भने।

पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अर्यालले अब सरकार असफल हुने छुट नरहेको बताए।

“मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,” उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुजाता कोइरालाको आग्रह : ‘अहंकार त्यागेर कांग्रेस एकताको पक्षमा उभिनुस्’

शशांक कोइराला : ‘हाम्रो सभापति शेरबहादुर देउवा नै हो, उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्छ’

सम्बन्धित

पानीले टम्म भरियो स्यार्पुताल, पर्यटकलाई लोभ्याउँदै प्राकृतिक सुन्दरता

व्यावसायिक संस्थामा राजनीति नगरौँ : सभामुख अर्याल

सडक सञ्जाल विस्तारसँगै ओझेलमा पर्दै लोमन्थाङको ऐतिहासिक चोर्टेन

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

धनगढी विमानस्थल स्तरोन्नति गर्न पर्यटन व्यवसायीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu