ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलभित्र वा बाहिर कुनै पनि प्रकारको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्।

शुक्रबार काठमाडौँको सुकेधारामा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस लोकतन्त्र र स्वतन्त्रताको पक्षमा उभिने पार्टी भएकाले निरंकुशता स्वीकार गर्न नसक्ने स्पष्ट पारे।

‘हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौं। कांग्रेस कुनै निरंकुशता नस्वीकार्ने पार्टी हो,’ उनले भने।

कोइरालाले अहिले लोकतन्त्र कठिन परिस्थितिबाट गुज्रिरहेको बताए। ‘प्रजातन्त्र भनौं वा लोकतन्त्र, अहिले अप्ठ्यारो परिस्थितिमा छ,’ उनले भने।

सरकारका कारण प्रेस स्वतन्त्रता, न्यायपालिका र मानव अधिकारको अवस्था समेत चुनौतीपूर्ण बन्दै गएको उनको आरोप थियो। प्रेस स्वतन्त्रतामाथि ‘अँध्यारो बादल’ मडारिन थालेको भन्दै त्यसलाई कांग्रेसले मात्रै चिर्न सक्ने उनले दाबी गरे।

मानव अधिकार उल्लंघन भइरहेको आरोप लगाउँदै कोइरालाले सरकारी आदेशका नाममा नागरिकका घरमा प्रहरी प्रशासन पुगेर खानतलासी गर्ने कार्य स्वीकार्य नहुने बताए।

‘मानव अधिकार अत्यन्त नाजुक अवस्थामा गइरहेको छ। माथिको आदेश भन्दै मानिसको घरमा गएर प्रहरी प्रशासनले खानतलासी गरिरहेको छ। यो अवस्था स्वीकार गर्न मिल्दैन,’ उनले भने।

उनले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे। विगतमा न्यायका लागि गरिएको प्रयास सफल हुन नसकेको उल्लेख गर्दै उनले अब न्यायपालिकाको निर्णयका आधारमा अघि बढ्ने बताए।

‘हामीले प्रयास पनि गरेका हौं। त्यो विफल भयो,’ उनले भने, ‘सर्वोच्चले न्याय दिन्छ, त्यही न्यायबाट हामी अगाडि बढ्छौं।’

कोइरालाले नेपाली कांग्रेसभित्र अहिले विभाजनको मनस्थिति देखिए पनि पार्टी अन्ततः एकढिक्का हुने विश्वास व्यक्त गरे।

‘नेपाली कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको छ,’ उनले भने, ‘तर एकढिक्का हुन्छ भन्ने कुरामा म विश्वस्त छु।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

सम्बन्धित

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

पुटिनको कुरिल भ्रमणपछि जापानको सार्वभौमिकताको पक्षमा उभियो अमेरिका

इरानमाथि थप कडा आर्थिक कदम चाल्ने अमेरिकाको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu