ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ९ : ०५   बजे

काठमाडौं । भारतको सर्वोच्च अदालतले ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रममा अपांगता भएका व्यक्तिमाथि असंवेदनशील टिप्पणी गरेको आरोपमा कमेडियन समय रैनासहित पाँच जनाविरुद्ध दर्ता भएका आपराधिक मुद्दा खारेज गरेको छ।

प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीश जयमाल्या बागची र भी मोहना सम्मिलित इजलासले शुक्रबार यस्तो आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुद्दाबाट राहत पाउने अन्यमा विपुल गोयल, बलराज परमजीत सिंह घई, सोनाली ठक्कर उर्फ सोनाली आदित्य देसाई र निशान्त जगदीश तंवर छन्।

सर्वोच्चले उनीहरूविरुद्ध दर्ता भएका प्राथमिकी (एफआईआर) खारेज गर्दै अपांगता भएका व्यक्तिको हितमा कार्यक्रम आयोजना गरी सहयोग जुटाउने उनीहरूको प्रयासको समेत प्रशंसा गरेको छ।

विवाद कसरी सुरु भयो?

विवादित ‘इन्डियाज गट लेटेन्ट’ कार्यक्रमको उक्त भाग १४ नोभेम्बर २०२४ मा मुम्बईको खार ह्याबिट्याटमा छायांकन गरिएको थियो। कार्यक्रममा सहभागी केही व्यक्तिले अपांगता भएका व्यक्ति र स्पाइनल मस्क्युलर एट्रोफीको उपचारमा लाग्ने उच्च खर्चलाई लिएर अश्लील तथा असंवेदनशील टिप्पणी गरेको आरोप लागेको थियो।

त्यसपछि उनीहरूविरुद्ध विभिन्न स्थानमा आपराधिक मुद्दा तथा एफआईआर दर्ता भएका थिए। एउटा गैरसरकारी संस्थाले समेत सर्वोच्च अदालतमा निवेदन दायर गर्दै असंवेदनशील टिप्पणीप्रति आपत्ति जनाएको थियो।

सामाजिक काम गर्न निर्देशन

यसअघि नोभेम्बर २०२५ मा सर्वोच्च अदालतले समय रैना तथा मुद्दामा नाम जोडिएका अन्य कमेडियनलाई अपांगता भएका व्यक्तिको उपचारका लागि स्थापना गरिएको कोषमा रकम जुटाउन एक महिनामा कम्तीमा दुईवटा कार्यक्रम आयोजना गर्न निर्देशन दिएको थियो।

पछिल्लो आदेशमा अदालतले उनीहरूले अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले गरेका सामाजिक प्रयासलाई सकारात्मक रूपमा लिँदै आपराधिक मुद्दा खारेज गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

प्रेमको विद्रोहदेखि विश्वासको विजयसम्म : ‘विद्रोह’मा दस वर्षको प्रतीक्षा र अटल प्रेम

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

बर्दी छाडेर र्‍यापको बाटोमा ‘डीके सागर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu