ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा मौरीपालनबाट वार्षिक तीन लाखसम्म आम्दानी


ABC NEWS
३० श्रावण २०८३, शनिबार   २ : ४५   बजे

बैतडी । रोजगारीका लागि युवापुस्ता विदेशिने क्रम बढिरहेका बेला बैतडीका प्रेमबहादुर विष्ट मौरीपालन व्यवसायमा लागेका छन्।

सुर्नया गाउँपालिका–७ मालम बगरका विष्टसँग अहिले ५० वटा मौरीका घार छन्। २५ वर्षदेखि मौरीपालन गर्दै आएका उनले वार्षिक करिब दुई क्विन्टल मह उत्पादन गर्दै आएका छन्।

स्थानीय बजारमै प्रतिकिलो १ हजार ५०० रुपैयाँसम्ममा मह बिक्री हुने गरेको र महबाट वार्षिक अढाइदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने विष्टले बताए।

उनका अनुसार चैत–वैशाख र कात्तिक–मङ्सिर गरी वर्षमा दुईपटक मह निकालिन्छ। एकपटकमा एक क्विन्टलभन्दा बढी मह उत्पादन हुने गरेको उनले बताए।

घार राख्न ठाउँकै अभाव

विष्टले स्थानीय काठबाट बनाइएका परम्परागत घार प्रयोग गर्दै आएका छन्। घरमा घार राख्ने ठाउँ अभाव भएपछि सडक किनार र भिरपाखामा समेत घार राख्नुपर्ने अवस्था रहेको उनले बताए।

“व्यवसाय बढाउँदै यहाँसम्म ल्याएको छु। घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु,” उनले भने।

परम्परागत घारका कारण मौरी संरक्षणमा भने समस्या हुने गरेको छ। आधुनिक घारको अभावमा वर्षायामको चिसो तथा जङ्गली जनावरबाट मौरी जोगाउन कठिन हुने उनको भनाइ छ।

विषादीले थपियो चुनौती

तरकारी खेतीमा प्रयोग हुने विषादीका कारण पछिल्लो समय मौरीपालनमा थप चुनौती देखिएको विष्टले बताए।

फूलमा चर्न जाने मौरी विषादी प्रयोग गरिएका क्षेत्रमा पुग्दा मर्ने गरेको उनको भनाइ छ। बजारमा महको माग राम्रो रहेकाले आधुनिक प्रविधि र आवश्यक सहयोग पाए मौरीपालनलाई थप विस्तार गर्न सकिने उनले बताए।

मौरीपालनसँगै विष्टले बाख्रापालन व्यवसायसमेत गर्दै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

सम्बन्धित

धनगढीमा व्यावसायिक ड्रागन फ्रुट खेती

बर्दियामा आठ सय हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार

व्यवसायीलाई कपास खेतीमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना, किसान अझै पानीको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu