ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा मल वितरणमा अनियमितताको आरोप, किसानको उजुरीपछि प्रशासनले माग्यो विवरण


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : ०५   बजे

राजविराज । सप्तरीको खडक नगरपालिका–११ मा रासायनिक मलखाद बिक्री–वितरणमा अनियमितता भएको आरोप लागेपछि स्थानीय किसानहरूले छानबिन र कारबाहीको माग गरेका छन्। किसानको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले सम्बन्धित निकायसँग मल प्राप्ति र वितरणको विस्तृत विवरण माग गरेको छ।

खडक नगरपालिका–११ अन्तर्गत बनौली र लालपुरका किसानहरूले मल वितरणको जिम्मेवारी पाएको श्री मिशन कृषि फर्मले बिक्री–वितरणमा आवश्यक प्रक्रिया पूरा नगरेको आरोप लगाएका छन्।

किसानका अनुसार मल बिक्री गर्दा बिल नदिने, बिक्री रजिस्टर अद्यावधिक नगर्ने तथा वास्तविक खरिदकर्ताको हस्ताक्षरसमेत व्यवस्थित रूपमा नराख्ने गरिएको छ। केही व्यक्तिको मात्रै हस्ताक्षर लिएर अन्यको नाममा अभिलेख तयार पारिएको आशंका किसानहरूले गरेका छन्।

एउटै परिवारका नाममा कार्ड बनाएर मल बिक्री गरेको आरोप

स्थानीय किसानहरूले एउटै सगोल परिवारका धेरै सदस्यको नाममा किसान कार्ड बनाएर मलको कोटा जम्मा गर्ने र त्यसलाई अन्य व्यक्तिलाई महँगो मूल्यमा बिक्री गर्ने गरिएको आरोप लगाएका छन्।

स्थानीय धर्मनाथ यादवले विदेशमा रहेका व्यक्तिका नाममा समेत किसान कार्ड बनाएर मल खरिद तथा बिक्री गरिएको दाबी गरेका छन्। यस्ता आरोपको निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने किसानहरूको माग छ।

डीएपीमा तोकिएभन्दा बढी मूल्य लिएको दाबी

किसान राजेन्द्र साहले सरकारले तोकेको मूल्यभन्दा बढीमा रासायनिक मल बिक्री भइरहेको आरोप लगाएका छन्।

उनका अनुसार ५० किलोको डीएपी मलको बोरा दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुनुपर्ने भए पनि तीन हजारदेखि चार हजार रुपैयाँसम्म लिइएको छ।

मलको अभावकै कारण खेतीपाती प्रभावित भइरहेको बेला वितरण प्रणाली पारदर्शी नभए वास्तविक किसान मलबाट वञ्चित हुने जोखिम रहेको बनौलीका किसान लालुप्रसाद राम, उपेन्द्रकुमार साह र नवेन्द्र रामले बताएका छन्।

किसानहरूले किसान कार्ड, बिक्री रजिस्टर, बिल तथा डिलरले प्राप्त गरेको मलको सम्पूर्ण विवरण छानबिन गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन्।

वडाध्यक्ष भन्छन्— भीडका कारण अभिलेख व्यवस्थापनमा समस्या

खडक नगरपालिका–११ का वडाध्यक्ष रामकृष्ण चौधरीले भने मल वितरणमा कुनै अनियमितता नभएको दाबी गरेका छन्।

उनका अनुसार तीन वर्षअघि वितरण गरिएका किसान कार्डमा केही त्रुटि देखिएपछि ती कार्ड विस्थापित गर्दै जग्गाधनी पुर्जाका आधारमा नयाँ किसान कार्ड वितरणको प्रक्रिया अघि बढाइएको छ।

वितरणका क्रममा अत्यधिक भीड हुने भएकाले बिल जारी गर्न र बिक्री रजिस्टर तत्काल अद्यावधिक गर्न समस्या भएको उनको भनाइ छ।

वडाध्यक्ष चौधरीका अनुसार हालसम्म १३३ बोरा डीएपी वितरण भइसकेको छ। थप १११ बोरा डीएपी र १०५ बोरा युरिया वितरणका लागि भण्डारणमा राखिएको छ।

वडा नं. ११ मा करिब एक हजार ३०० किसानले किसान कार्ड प्राप्त गरेका छन्। कार्ड नभएका किसानलाई समेत नागरिकताको प्रमाणपत्रका आधारमा मल उपलब्ध गराइएको उनले बताए।

फर्म सञ्चालकले पनि भीडकै कारण देखाए

मिशन कृषि फर्मका सञ्चालक मनोजकुमार चौधरीले पनि वितरणका क्रममा अत्यधिक भीड भएकाले बिल काट्ने, खरिदकर्ताको हस्ताक्षर गराउने र बिक्री रजिस्टर अद्यावधिक गर्ने काम व्यवस्थित रूपमा गर्न नसकिएको बताएका छन्।

उनका अनुसार २०८३ जेठदेखि हालसम्म करिब ३०० बोरा डीएपी र ३०० बोरा युरिया वितरण गरिएको छ।

प्रशासनले माग्यो दुई दिनभित्र प्रमाणसहित विवरण

किसानको उजुरीपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले मल वितरणसम्बन्धी विवरण माग गर्दै वडा कार्यालय तथा सम्बन्धित फर्मलाई पत्राचार गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड, राजविराजबाट २०८३ वैशाखदेखि साउन मसान्तसम्म कति डीएपी, युरिया र पोटास प्राप्त गरिएको थियो र कुन मापदण्डका आधारमा कति किसानलाई वितरण गरिएको हो भन्ने विवरण प्रमाणसहित उपलब्ध गराउन प्रशासनले निर्देशन दिएको छ।

मिशन कृषि फर्मलाई दुई दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन पत्राचार गरिएको जनाइएको छ।

किसानहरूले मल प्राप्तिदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया छानबिन गर्न, किसान कार्ड, बिक्री रजिस्टर र बिक्री बिल परीक्षण गर्न तथा अनियमितता पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

अब प्रशासनले मागेको विवरण र छानबिनबाट खडक नगरपालिका–११ को मल वितरण प्रणालीमा किसानहरूले उठाएका प्रश्नको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित

भोजपुरमा आलु खेतीप्रति किसानको आकर्षण बढ्दो, गाउँमै पुगेर व्यापारीले किन्न थाले

पर्वतमा गाईमा लम्पी स्किनको आशंका, खोपसँगै नमुना परीक्षण सुरु

धान–तोरीको खेतमा ‘ताइवानी अम्बा’, बाँकेकी सिर्जनाले वर्षमै गर्दैछिन् पाँच लाखसम्म आम्दानी

दुग्ध किसानको आशा फर्काउँदै डिडिसी : आठ महिनाको बक्यौतादेखि नियमित भुक्तानीसम्म

कालीमाटीमा गोलभेँडा र च्याउ महँगियो, भन्टा सस्तियो

कर्णालीमा कृषि र पशुपन्छी कार्यक्रमबाट किसान लाभान्वित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu