ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा आलु खेतीप्रति किसानको आकर्षण बढ्दो, गाउँमै पुगेर व्यापारीले किन्न थाले


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : १५   बजे

भोजपुर । बजारको पहुँच विस्तार भएसँगै भोजपुरका ग्रामीण क्षेत्रका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन्। सडक सञ्जाल विस्तार भएपछि व्यापारीहरू गाउँमै पुगेर आलु खरिद गर्न थालेकाले उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने र ढुवानीको समस्या घटेको किसानले बताएका छन्।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। प्राङ्गारिक मल प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको बजारमा माग राम्रो रहेको उनले बताए। गाउँबाट खरिद गरिएको आलु शहरी बजारमा पुग्दा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

‘पहिले उत्पादन भएको आलु बिक्री गर्न निकै समस्या हुन्थ्यो। उत्पादन गरेर पनि घरमै राख्नुपर्ने अवस्था थियो,’ विष्टले भने, ‘सडकको सुविधा भएपछि व्यापारी गाउँमै आउन थालेका छन्। यसले उत्पादन बिक्री गर्न सहज भएको छ।’

किसान धनराज राईका अनुसार केही वर्षअघिसम्म गाउँबाट आलु बजारसम्म पुर्‍याउन निकै कठिन थियो। सडक सुविधा नहुँदा भरिया तथा अन्य साधन प्रयोग गर्नुपर्दा ढुवानी खर्चसमेत बढी लाग्ने गरेको उनले बताए।

‘पहिले आलु उत्पादन गरेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुन्थ्यो। बजारसम्म पुर्‍याउँदा ढुवानी खर्च धेरै लाग्थ्यो,’ राईले भने, ‘अहिले गाउँमै व्यापारी आएर आलु खरिद गर्ने भएकाले किसानलाई निकै सहज भएको छ।’

सडक सञ्जाल विस्तारसँगै भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सुधार हुँदै गएको छ। आलु, मकै, तरकारी र फलफूललगायतका उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको किसानको भनाइ छ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु स्थानीय बजारका साथै धरान र इटहरीलगायतका शहरी क्षेत्रमा पुग्ने गरेको छ। प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिएको आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग बढिरहेको किसानले बताएका छन्।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब ३ हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित

पर्वतमा गाईमा लम्पी स्किनको आशंका, खोपसँगै नमुना परीक्षण सुरु

सप्तरीमा मल वितरणमा अनियमितताको आरोप, किसानको उजुरीपछि प्रशासनले माग्यो विवरण

धान–तोरीको खेतमा ‘ताइवानी अम्बा’, बाँकेकी सिर्जनाले वर्षमै गर्दैछिन् पाँच लाखसम्म आम्दानी

दुग्ध किसानको आशा फर्काउँदै डिडिसी : आठ महिनाको बक्यौतादेखि नियमित भुक्तानीसम्म

कालीमाटीमा गोलभेँडा र च्याउ महँगियो, भन्टा सस्तियो

कर्णालीमा कृषि र पशुपन्छी कार्यक्रमबाट किसान लाभान्वित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu