ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा बैठकमा रविको चेतावनी : आशिका र खगेन्द्रलाई मर्यादामा बस्न निर्देशन


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ४५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै पार्टीका सांसदहरूलाई संसद् र सार्वजनिक अभिव्यक्तिमा संयमित तथा मर्यादित हुन निर्देशन दिएका छन्। संसदीय दलको अनौपचारिक बैठकमा उनले पार्टी सरकारमा रहेका बेला सांसदहरूले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा लामिछानेले दुई सांसद—आशिका तामाङ र खगेन्द्र सुनार—को नामै लिएर उनीहरूको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै सचेत गराएको स्रोतले जनाएको छ।

संसद् बैठकमा आक्रोश व्यक्त गर्दै बैठक छाडेर हिँडेकी आशिकालाई लक्षित गर्दै लामिछानेले अभियन्ता र सांसदको भूमिका फरक हुने स्मरण गराएका थिए।

उनले भनेका थिए, ‘जनतालाई सरकार खोज्नभन्दा आशिका तामाङ खोज्न सजिलो छ। तर त्यसो भनेर हामीले विधि–विधान बिर्सिनु हुँदैन। हिजो अभियन्ता हुँदा जस्तो तौरतरिका थियो, सांसदको भूमिका त्योभन्दा फरक हुन्छ।’

‘मैले भनेकै हुनुपर्छ भन्ने सोच राख्नु हुँदैन’

आशिका तामाङले आफ्नो निर्वाचन क्षेत्रका एक युवाको कम्बोडियामा मृत्यु भएपछि शव नेपाल ल्याउन सरकारले सहयोग नगरेको विषयमा संसद्मा आक्रोश व्यक्त गरेकी थिइन्।

सोही प्रसंगमा लामिछानेले कानुनी प्रक्रिया र राज्यको सीमाभित्र रहेर विषय उठाउनुपर्ने बताएका थिए। अवैधानिक रूपमा विदेश पुगेका व्यक्तिको शव सरकारले ल्याउने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नरहेको र कानुन निर्माण तथा कार्यान्वयनका लागि समय लाग्ने उनको भनाइ थियो।

लामिछानेले सांसदलाई आफूले उठाएको विषय वा माग तत्कालै पूरा हुनैपर्छ भन्ने मानसिकता नराख्न पनि सुझाव दिएका थिए।

‘हामीले संसदीय पद्धतिभित्र रहेर मर्यादापूर्वक कुरा राख्नुपर्छ। मैले नै भनेको हुनुपर्छ भन्ने सोच राख्नु हुँदैन,’ उनले भनेको स्रोतको दाबी छ।

बैठकमा भने आशिकाले सभापति लामिछानेको टिप्पणीबारे कुनै प्रतिवाद वा प्रतिक्रिया नदिएको बताइएको छ।

खगेन्द्रलाई रविको सन्देश : ‘फेरि पनि चुनाव आउँछ’

बैठकमा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षकमाथि सार्वजनिक रूपमा लगाएको आरोप र टिप्पणीको विषय पनि उठेको थियो।

लामिछानेले सुनारलाई आफ्नो अभिव्यक्ति र भूमिकाप्रति सचेत हुन सुझाव दिँदै जनताले राजनीतिकर्मी र जनप्रतिनिधिको गतिविधि निरन्तर हेरिरहेको स्मरण गराएका थिए।

उनले भनेका थिए, ‘कति बोल्ने र कति नबोल्ने, तपाईँ आफैँ विद्वान हुनुहुन्छ। जनताले सबै कुरा हेरिरहेका हुन्छन्, मूल्याङ्कन गरिरहेका हुन्छन्। फेरि अर्कोपटक पनि चुनाव आउँछ भन्ने विचार गर्नुहोला।’

आफ्नै सरकार, आफ्नै सांसदप्रति ‘संयम’को आग्रह

रास्वपाको आफ्नै नेतृत्वमा सरकार रहेकाले पार्टीका सांसदहरूले सरकारका कमजोरी औँल्याउँदा पनि संसदीय मर्यादा र जिम्मेवारीलाई ध्यान दिनुपर्ने लामिछानेको जोड रहेको स्रोतले जनाएको छ।

बैठकमा लामिछानेको सन्देश मूलतः स्पष्ट थियो—सांसदको भूमिका केवल सडकको विरोध वा दबाबको शैलीमा सीमित हुन सक्दैन। जनप्रतिनिधिले कानुन, संसदीय प्रक्रिया र राजनीतिक जिम्मेवारीभित्र रहेर आफ्ना असहमति र जनताका मुद्दा उठाउनुपर्छ।

यससँगै पार्टीभित्र सरकारका कामकारबाहीमाथि खुलेर प्रश्न उठाउने सांसद र पार्टी नेतृत्वबीचको सम्बन्ध तथा सन्तुलनको विषय पनि पुनः चर्चामा आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालगञ्ज–पोखरा हवाई सेवा भदौ ३१ देखि पुनः सञ्चालन

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

भावुक हुँदै अमेरिका फर्किए धुर्मुस, लेखे– ‘१८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु’

तिजानी रेइजन्डर्स साउदी क्लब अल कादसियाहमा अनुबन्ध

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu