ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीका किसानलाई रासायनिक मलको चरम अभाव, भारतबाट महँगोमा ल्याउन बाध्य


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : २५   बजे

धनगढी, भदौ ४ गते । कैलालीका किसान रासायनिक मलको अभावका कारण सास्ती खेप्न बाध्य भएका छन्। नेपालमा पर्याप्त मल नपाएपछि किसानहरूले लुकीछिपी भारतबाट चर्को मूल्य तिरेर युरिया मल ल्याएर धानबालीमा प्रयोग गर्न थालेका छन्।

असारमा रोपाइँ गरिएको धानमा युरिया मल हाल्ने समय भइसक्दा पनि जिल्लामा मलको अभाव भएपछि किसानहरू भारततर्फ निर्भर हुन थालेका हुन्। अहिले धानमा फूल लाग्ने समय भएकाले मलको आवश्यकता बढी भए पनि स्थानीय बजारमा सहज रूपमा मल नपाइएको किसानहरूको गुनासो छ।

किसान हरिलाल चौधरीले नेपालमा मल नपाएपछि बाध्य भएर भारतबाट ल्याउनुपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “मल नपाएपछि के गर्ने ? लुकीछिपी भए पनि भारतबाट ल्याउनै पर्छ।”

सीमावर्ती क्षेत्रमा बढ्यो चहलपहल

मलको अभावसँगै कैलालीको सीमावर्ती क्षेत्रमा भारतबाट युरिया मल ल्याउने किसानको चहलपहल बढेको छ। मोहना नदी आसपास भारतीय व्यापारीले मल बोकेर सीमासम्म ल्याउने गरेको किसानहरूले बताएका छन्।

भारततर्फका व्यापारीले टाउकोमा बोरा बोकेर सीमासम्म मल ल्याउने र त्यसबापत पारिश्रमिकसमेत लिने भएकाले नेपाली किसानलाई थप महँगो पर्ने गरेको छ।

सीमावर्ती क्षेत्रमा भेटिएका एक किसानका अनुसार नेपालमा प्रतिबोरा करिब एक हजार एक सय रुपैयाँमा पाइने युरिया मल भारतबाट ल्याउँदा दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिर्नुपरेको छ।

समयमै मल नपाउँदा उत्पादन घट्ने चिन्ता

धानबालीमा आवश्यक समयमा मल प्रयोग गर्न नपाउँदा उत्पादनमा असर पर्ने भन्दै किसानहरू चिन्तित छन्। समयमै युरिया मल उपलब्ध नहुँदा धानको वृद्धि कमजोर हुनुका साथै उत्पादनसमेत घट्न सक्ने उनीहरूको भनाइ छ।

किसानहरूले सरकारले खेतीको मुख्य समयमा समेत पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै गुनासो गरेका छन्। उनीहरूले तत्काल मलको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको तयारीदेखि ‘राइट टु रिकल’सम्म एजेन्डा

सम्बन्धित

मलको खोजीमा ७० किलोमिटर साइकल यात्रा : बर्दियाका किसान महँगो भारतीय युरियाको भरमा

बाजुरामा पहिरोले दुई घर बगायो, १४ परिवार सुरक्षित स्थानमा सारिए

पर्वतमा झिनुवा र हाइब्रिड धानमा मरुवा रोग

अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन, बोलाउँदैमा धाउनु हुँदैन : अमरेशकुमार सिंह

जमिन चर्किएपछि रसुवामा १० परिवारका ३१ जना सुरक्षित स्थानमा सारिए

विदेश जाने योजना त्यागेर अकबरे खेती, पहिलो हप्तामै एक लाख आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu