ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्तुङको रौनकपछि प्रधानमन्त्री बालेन मुस्ताङतर्फ, दामोदर कुण्डसम्म पुग्ने तयारी


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   २ : २५   बजे

मुस्ताङ । उपल्लो मुस्ताङमा तीन दिनसम्म चलेको ऐतिहासिक तथा सांस्कृतिक पर्व यार्तुङ सम्पन्न भएको केही दिनमै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणमा जाने तयारीमा छन्। लोमान्थाङमा घोडचढी, परम्परा र सांस्कृतिक राजसंस्थाको प्रतीकात्मक उपस्थितिसहित सम्पन्न यार्तुङ पर्वले उपल्लो मुस्ताङको सांस्कृतिक पहिचानलाई पुनः चर्चामा ल्याएको छ।

भदौ १ गतेदेखि सुरु भएको यार्तुङ पर्व भदौ ३ गते बुधबार सम्पन्न भएको हो। हरेक वर्ष मनाइने यो पर्वमा स्थानीयवासीले हिउँदयाम सुरु हुनुअघि कुनै अनिष्ट नहोस्, अन्नबाली राम्रो होस् र समाजमा शान्ति कायम रहोस् भन्ने कामना गर्छन्।

सांस्कृतिक राजाको नेतृत्वमा घोडचढी परिक्रमा

नेपालमा राजतन्त्र अन्त्य भइसके पनि उपल्लो मुस्ताङमा सांस्कृतिक राजसंस्थाको परम्परा जीवित छ। स्थानीयवासीले मुस्ताङका सांस्कृतिक राजा जिग्मेसिग्मे परवल विष्टलाई अझै सम्मानका साथ हेर्ने गर्छन्।

यार्तुङको मुख्य दिन सांस्कृतिक राजा घोडामा सवार भएर पुरानो दरबारबाट निस्कन्छन्। बाजागाजासहित माटोको दरबार क्षेत्र हुँदै हुने परिक्रमाका क्रममा स्थानीयवासीले सगुन चढाउने र दर्शन गर्ने परम्परा छ।

यसपटक मुस्ताङी राजपरम्पराका २६औँ उत्तराधिकारी जिग्मेसिग्मे परवल विष्टको प्रमुख आतिथ्यमा लोमान्थाङ बजार क्षेत्रमा घोडचढी तथा पैदल परिक्रमा गरिएको थियो।

अमेरिकी दूतावासका प्रतिनिधिसमेत सहभागी

यस वर्षको यार्तुङ पर्वमा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करको समेत सहभागिता रहेको थियो।

हार्करले यार्तुङमा देखिएको घोडचढी संस्कृति र स्थानीय परम्पराले आफ्नो परिवारको सम्झना गराएको उल्लेख गरेका थिए। उनका अनुसार मुस्ताङको घोडासँग जोडिएको परम्परा केवल सांस्कृतिक सम्पदा मात्र नभई पर्यटक आकर्षित गर्ने महत्वपूर्ण आधार पनि हो।

यस्ता परम्पराले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउनुका साथै पुस्तौँदेखि जोगिँदै आएको संस्कृति संरक्षणमा योगदान गर्ने विश्वास गरिएको छ।

यार्तुङ सकिएको तीन दिनपछि प्रधानमन्त्री बालेन मुस्ताङतर्फ

लोमान्थाङमा यार्तुङ पर्व सम्पन्न भएको तीन दिनपछि प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने तयारीमा छन्। उनको भ्रमणको पूर्ण औपचारिक तालिका सार्वजनिक नभए पनि स्रोतका अनुसार प्रधानमन्त्री दामोदर कुण्डसम्म पुग्ने कार्यक्रम रहेको छ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार स्थानीय तहले प्रधानमन्त्रीको भ्रमणसम्बन्धी विस्तृत औपचारिक जानकारी प्राप्त गरिसकेको छैन। तर, प्रधानमन्त्री दामोदर कुण्डतर्फ जाने सम्भावित कार्यक्रमबारे जानकारी आएको बताइएको छ।

प्रधानमन्त्रीले शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिका–अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

४ हजार ८ सय मिटर उचाइको दामोदर कुण्ड

दामोदर कुण्ड उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका क्षेत्रमा पर्छ। चराङ हुँदै करिब दुई घण्टाको मोटर यात्रापछि यारा गाउँ पुगिन्छ। त्यहाँबाट समुद्री सतहबाट करिब ४ हजार ८ सय मिटर उचाइमा रहेको दामोदर कुण्डसम्म पुग्न करिब पाँच घण्टासम्म घोडामा यात्रा गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्रीको सम्भावित यात्रा धार्मिक, सांस्कृतिक र भौगोलिक रूपमा अत्यन्त दुर्गम क्षेत्रमा केन्द्रित हुने देखिएको छ।

पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारी

प्रधानमन्त्री शाह काठमाडौँबाट स्थलमार्ग हुँदै पोखरा पुगेका हुन्। सुरक्षा स्रोतका अनुसार उनी पोखराबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने तयारीमा छन्।

प्रधानमन्त्रीको यात्राका लागि पोखराको विजयपुर ब्यारेकमा अगुस्टा–६७ हेलिकप्टर स्ट्यान्डबाइ अवस्थामा राखिएको बताइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले नेपाली सेनाको हेलिकप्टर विजयपुर ब्यारेक क्षेत्रमा रहेको पुष्टि गरेका छन्।

प्रधानमन्त्रीको भ्रमणबारे विस्तृत आधिकारिक कार्यक्रम सार्वजनिक हुन बाँकी रहे पनि, यार्तुङ पर्वको सांस्कृतिक रौनकपछि प्रधानमन्त्रीको सम्भावित मुस्ताङ–दामोदर कुण्ड यात्रा अहिले विशेष चासोको विषय बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

प्रधानमन्त्री बालेन माछापुच्छ्रेको अन्नपूर्ण इको रिसोर्टमा, शनिबार मुस्ताङ जाने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

प्रधानमन्त्री बालेन माछापुच्छ्रेको अन्नपूर्ण इको रिसोर्टमा, शनिबार मुस्ताङ जाने

साउनमा नेपाल भित्रियो १ लाख ६९ हजार स्मार्टफोन, सरकारले उठायो ७२ करोड राजस्व

बागमतीका मुख्यमन्त्री थापा मगरले आइतबार विश्वासको मत लिने

रास्वपाले गठन गर्‍यो ११ सदस्यीय सचिवालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu