काठमाडौं । नेपालमा ई–स्पोर्ट्सको बढ्दो लोकप्रियतासँगै एक्सट्रिम इनर्जी ड्रिंकले ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ प्रतियोगिता आयोजना गर्ने भएको छ।
दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७ गते अर्थात् शनिबार र आइतबार प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिनेछन्।
‘रोड टु पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक ई–स्पोर्ट्स वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धातर्फ अघि बढ्ने अवसरसमेत खुल्ने आयोजकको विश्वास छ।
ई–स्पोर्ट्स विकासमा जोड
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा ई–स्पोर्ट्सको विकास र प्रवर्द्धन गर्नुका साथै नयाँ तथा प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्नु हो।
पब्जी मोबाइलप्रति रुचि राख्ने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ। पछिल्लो समय एक्सट्रिम इनर्जी ड्रिंकले क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।
नेपालमा ई–स्पोर्ट्सको दर्शक र खेलाडी संख्या बढिरहेका बेला आयोजना हुन लागेको यो प्रतियोगिताले प्रतिस्पर्धात्मक गेमिङलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्