ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा–शेखर भेटले बढायो कांग्रेस एकताको चर्चा, ‘अब बल सभापति गगनको हातमा’


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   २ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवा निवासमै भएको भेटमा पार्टीभित्रको पछिल्लो विवाद, आन्तरिक समीकरण र पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ।

कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार दुवै नेता नेपाली कांग्रेसलाई विभाजन र थप ध्रुवीकरणतर्फ जान नदिई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्।

तर, पार्टीभित्रको विवाद समाधान र एकताको पहल केवल देउवा र कोइरालाको इच्छाले मात्र सम्भव नहुने उनको भनाइ छ।

“दुवै नेता पार्टी मिलाउने पक्षमा हुनुहुन्छ। तर, मिल्ने–मिलाउने उहाँहरूको हातमा छैन। बल त सभापति गगन थापाको हातमा छ। उहाँले पहल गर्नुपर्‍यो,” थपलियाले बताएका छन्।

देउवाको सकारात्मक सन्देश

भेटका क्रममा पूर्वसभापति देउवाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्नुपर्ने विषयमा सकारात्मक सन्देश दिएको थपलियाले बताए।

कांग्रेसभित्र पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको मतभेद र शक्ति संघर्षका बीच शेखर–देउवा भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी पार्टी नेतृत्व, आन्तरिक व्यवस्थापन र आगामी राजनीतिक दिशाबारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला दुई प्रभावशाली नेताबीच भएको संवादले कांग्रेसभित्र नयाँ समीकरण बन्न सक्ने चर्चा पनि बढाएको छ।

देउवा र शेखर एकताको पक्षमा उभिए पनि अब पार्टीभित्रको गाँठो फुकाउने निर्णायक पहल सभापति गगन थापाबाट हुन्छ कि हुँदैन भन्नेमा कांग्रेसको आगामी राजनीति निर्भर रहने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

टप एन्ड टी–२० सिरिज : एनटी स्ट्राइकसलाई नेपाल ‘ए’ले दियो १२३ रनको लक्ष्य

प्रधानमन्त्री बालेन माछापुच्छ्रेको अन्नपूर्ण इको रिसोर्टमा, शनिबार मुस्ताङ जाने

साउनमा नेपाल भित्रियो १ लाख ६९ हजार स्मार्टफोन, सरकारले उठायो ७२ करोड राजस्व

बागमतीका मुख्यमन्त्री थापा मगरले आइतबार विश्वासको मत लिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu