ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री थापा मगरले आइतबार विश्वासको मत लिने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी आइतबार दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

प्रदेश सभा सचिवालयका अनुसार भदौ ७ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरिएको छ।

नेकपा एमालेका थापा मगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६३ सांसदको समर्थनमा उनले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने

संविधानअनुसार धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। मुख्यमन्त्री थापा मगरले नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

यसअघि निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

आइतबार हुने मतदानमा मुख्यमन्त्री थापा मगरले बहुमत सदस्यको समर्थन प्राप्त गरेमा उनको नेतृत्वमा बागमती प्रदेश सरकार औपचारिक रूपमा अघि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेसमा अग्रगामी मोर्चाको समन्वय समिति गठन, भदौ १० भित्र आठै जिल्लामा समिति बनाउने

अग्रगामी मोर्चाले जनकपुर र वीरगन्जमा संयुक्त भेला गर्ने

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu