ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो


ABC NEWS
६ भदौ २०८३, शनिबार   ८ : ०५   बजे

ट्रम्पले ९० दिनसम्म ३ लाख टन गाईको मासु भन्साररहित आयात गर्न दिने

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाईको मासुको बढ्दो मूल्य नियन्त्रण गर्न आगामी ९० दिनसम्म तीन लाख मेट्रिक टनसम्म ‘ग्राउन्ड बिफ’ आयातमा अतिरिक्त भन्सार शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेका छन्।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो घोषणा गरेका हुन्। उनले आयात हुने मासु हालको बजार मूल्यभन्दा २५ प्रतिशत कममा बिक्री हुने प्रतिबद्धता रहेको बताएका छन्।

ट्रम्पले आयात गरिने मासु कुन–कुन देशबाट आउने भन्नेबारे भने स्पष्ट जानकारी दिएका छैनन्। यो व्यवस्था कार्यान्वयनका लागि कार्यकारी आदेश जारी गर्ने तयारी रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकामा गाईको मासुको मूल्य पछिल्लो समय उच्च बिन्दुमा पुगेको छ। घट्दो गाईवस्तुको संख्या, लामो समयदेखिको खडेरी, उत्पादन तथा प्रशोधन लागत र आपूर्ति समस्याका कारण मूल्य बढेको बताइएको छ।

ट्रम्प प्रशासनले सस्तो आयातमार्फत उपभोक्तालाई राहत दिने र यसबीच अमेरिकी पशुपालकलाई गाईवस्तुको संख्या पुनः बढाउन समय उपलब्ध गराउने उद्देश्य रहेको जनाएको छ।

तर सरकारको निर्णयप्रति अमेरिकी पशुपालक तथा उद्योग संगठनहरूले आपत्ति जनाएका छन्। उनीहरूले सस्तो विदेशी मासुको आयात बढ्दा घरेलु उत्पादकलाई असर पर्ने र अमेरिकी गाईवस्तुको संख्या पुनः बढाउने प्रयास कमजोर हुन सक्ने बताएका छन्।

विश्लेषकहरूले भने तीन लाख मेट्रिक टन आयातले अमेरिकी कुल गाईको मासुको मागको तुलनात्मक रूपमा सानो हिस्सा मात्रै ओगट्ने भएकाले यसबाट मूल्यमा कति प्रभाव पर्छ भन्नेमा प्रश्न उठाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

प्रधानन्यायाधीश शर्माद्वारा पोखराका अदालत निरीक्षण, क्षतिग्रस्त भवन पुनर्निर्माणमा चासो

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल असोज २ र ३ गते हुने

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

भारतमा चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन चिनी शुल्कमुक्त आयात गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu