ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर


ABC NEWS
७ भदौ २०८३, आइतबार   २ : ३५   बजे

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाएका छन्। आफ्नै लगानीमा घर निर्माण गर्न नसक्ने परिवारलाई नगरपालिकाले प्रतिपरिवार पाँच लाख रुपैयाँ लगानीमा दुईकोठे एकतले घर निर्माण गरी हस्तान्तरण गरेको हो।

नगरपालिकाले वडा नं. २ डिकुवाका देशवीर राई, वडा नं. ६ मङ्गलटारका भया दमाई र वडा नं. १० अर्खौलेका टेकबहादुर सार्कीलाई नयाँ घर हस्तान्तरण गरेको हो।

लामो समयदेखि जीर्ण घरमा बस्दै आएका राई वृद्ध दम्पतीका लागि नगरपालिकाले सुरक्षित आवास निर्माण गरेको हो। त्यस्तै, अपाङ्गता भएका चामे दमाई र भया दमाई दाजुबहिनीका लागि पनि नयाँ घर निर्माण गरिएको छ।

अर्खौलेका टेकबहादुर सार्कीको परिवार लामो समयदेखि गाउँबाहिर बस्दै आएको थियो। करिब १२ वर्षअघि गाउँ छाडेका उनीहरू गत वर्ष भदौमा अर्खौले फर्किएपछि अरूको घरमा आश्रय लिएर बस्दै आएका थिए। घर अभावका कारण समस्यामा परेका सार्की परिवारलाई नगरपालिकाले यसअघि खाद्यान्न तथा नगद सहयोगसमेत गरेको थियो।

सुरक्षित आवासको सुनिश्चितता

नगर प्रमुख विमला राईका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

“नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितता गर्न तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेका छौँ,” प्रमुख राईले भनिन्।

उनका अनुसार घरको अभावमा अरूको सहारामा बस्दै आएका परिवारलाई क्रमशः सुरक्षित आवासको व्यवस्था गरिनेछ।

नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गर्दै आएका र घरटहरा हटाइएपछि विस्थापित भएका नगरवासीलाई समेत पुनःस्थापनाका लागि घर निर्माण गरिदिने निर्णय गरेको छ।

नगरपालिका फर्किएर स्थायी रूपमा बसोबास गर्न चाहने विस्थापित परिवारका लागि पाँच लाख रुपैयाँसम्मको लागतमा भूकम्प प्रतिरोधी घर निर्माण गरिने जनाइएको छ। त्यसका लागि सम्बन्धित परिवारको नाममा जग्गा भने हुनुपर्नेछ।

नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बडिमालिका भगवतीको परम्परागत पेटारो बडिमालिकातर्फ प्रस्थान

हराएकी दुई वर्षीया बालिका सकुशल फेला

सम्बन्धित

उदयपुरगढी दरबारको आकर्षक ड्रोन तस्बिर सार्वजनिक

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

बागलुङको चौरीखर्क : बादल, फूल र हिमालको संगम, पर्यटकको रोजाइँ बन्दै

सुकुम्वासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै मन्त्री रावल

हङकङको साईकुङ पदमार्गमा पर्यटक कोटा

स्थलमार्ग हुँदै कास्की पुगे प्रधानमन्त्री बालेन, अस्तामको इको भिलेजमा बास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu