काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।
मन्त्री रावल भोलि कञ्चनपुर, कैलालीलगायतका जिल्लामा पुगेर स्थानीयका गुनासा तथा समस्या सुन्ने कार्यक्रम रहेको छ।
उनका अनुसार भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका जनगुनासा सुन्नुका साथै सहकारी क्षेत्रका समस्या र भूमिहीन तथा सुकुम्वासीका समस्या बुझ्ने कार्यक्रम छ।
मन्त्री रावलले सम्बन्धित सरोकारवालासँग समेत भेटघाट गर्ने जानकारी दिएकी छन्।
उनले केही दिन सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेर जनताका गुनासा र समस्याबारे प्रत्यक्ष जानकारी लिने बताएकी छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्