ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको साईकुङ पदमार्गमा पर्यटक कोटा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : ५५   बजे

काठमाडौं । हङकङको साईकुङस्थित लोकप्रिय हाई आइल्यान्ड जियो ट्रेलको पोपिन चाउ खण्डमा अब दैनिक अधिकतम २ हजार पर्यटकलाई मात्रै प्रवेश दिइने भएको छ।

कृषि, मत्स्य तथा संरक्षण विभागले आगामी महिनादेखि पर्यटकको संख्या व्यवस्थापन गर्न कोटा प्रणाली लागू गर्ने घोषणा गरेको हो। युनेस्को ग्लोबल जियोपार्क क्षेत्रमा पर्ने यो पदमार्ग षट्कोणीय आकारका विशाल ज्वालामुखी चट्टानका लागि प्रसिद्ध छ।

विभागका अनुसार बिदाका दिनमा पदमार्गमा पर्यटकको चाप अत्यधिक बढ्ने गरेको छ। केही खण्डमा पदमार्गको क्षमता लगभग भरिने अवस्था देखिएपछि भिड व्यवस्थापन तथा वातावरण संरक्षणका लागि कोटा प्रणाली लागू गर्न लागिएको हो।

यसअघि विभागले अप्रिलमा पर्यटकको संख्या सीमित गर्ने प्रस्ताव अघि सारेको थियो। नयाँ व्यवस्थाअनुसार पदमार्ग प्रवेशका लागि अग्रिम बुकिङ गर्नुपर्नेछ। हाललाई बुकिङका लागि कुनै शुल्क लाग्ने छैन भने बुकिङ गरेर उपस्थित नभए पनि जरिवाना गरिने छैन।

विभागका निर्देशक मिकी लाई किनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले आरक्षण प्रणालीले पर्यटकको भिड व्यवस्थापन गर्नुका साथै आगन्तुकलाई एउटै स्थानमा केन्द्रित हुन नदिने र वातावरण संरक्षणमा सहयोग पुग्ने जनाएको छ।

साँघुरो पदमार्गमा अत्यधिक आवतजावतका कारण हुन सक्ने क्षति रोक्नु पनि कोटा प्रणालीको उद्देश्य रहेको विभागले जनाएको छ। पर्यटकको संख्या तोक्ने व्यवस्थालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन गर्दै जाने निर्देशक लाईले बताएका छन्।

करिब एक किलोमिटर लामो पोपिन चाउ पदमार्ग समुद्रबाट नाटकीय रूपमा माथि उठेका विशाल षट्कोणीय ज्वालामुखी चट्टान हुँदै अघि बढ्छ। यहाँबाट पर्यटकले चट्टानहरूलाई नजिकबाट अवलोकन गर्नुका साथै विभिन्न प्लेटफर्मबाट मनोरम दृश्यसमेत हेर्न सक्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

सुकुम्वासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै मन्त्री रावल

स्थलमार्ग हुँदै कास्की पुगे प्रधानमन्त्री बालेन, अस्तामको इको भिलेजमा बास

खुलेको मौसममा मनमोहक देखियो लुम्बिनीको विश्व शान्ति स्तूप

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, एक वर्षमा २१ नाउर र ११ झारलको सिकार

ठमेल चौबीसै घण्टा खुला रहने सहमति

नेपालगन्ज–पोखरा हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu