मोरङ । विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि सोमबार बिहान नवजात शिशु फेला परेको छ। सडकमा छाडिएको अवस्थामा फेला परेको शिशुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उद्धार गरी उपचारका लागि कोसी अस्पतालमा भर्ना गरेको छ।
प्रहरीका अनुसार शिशु छोरा हो र उमेर करिब दुई–तीन दिन रहेको अनुमान गरिएको छ। अस्पतालमा स्वास्थ्य परीक्षणपछि चिकित्सकले शिशुको अवस्था सामान्य रहेको बताएका छन्।
घटनाबारे अनुसन्धान
मालपोत कार्यालय अगाडि शिशु छाडिएको सूचना पाएपछि प्रहरीले तत्काल घटनास्थल पुगेर उद्धार गरेको थियो। त्यसपछि शिशुलाई कोसी अस्पताल पुर्याइएको हो।
शिशुलाई कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्