ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 नेपालगन्जका दुई स्पाबाट तीन सञ्चालक पक्राउ, सात किशोरीको उद्धार


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ८ : १५   बजे

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा सञ्चालित दुईवटा स्पाबाट तीन जना सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानको आयुर्वेदिक रिल्याक्स स्पाका सञ्चालक दुर्गा थारु र नेपालगन्ज–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटालाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले स्पामा काम गरिरहेका सात किशोरीलाई समेत उद्धार गरेको जनाएको छ। विशेष सूचनाका आधारमा स्पामा जाँच गर्दा उनीहरू फेला परेका थिए। सञ्चालक र उद्धार गरिएका किशोरीको अवस्थाबारे बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले शनिबार तीनै सञ्चालकलाई पक्राउ गरेको हो। पछिल्लो समय नेपालगन्ज क्षेत्रमा स्पा सेन्टरको संख्या बढ्दै गएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतसँग खेल्नुअघि ब्राजिलको ढाकामा प्रशिक्षण शिविर राख्ने तयारी

कोहलपुरका विस्थापित र नगरपालिकाबीच सहमति, १० दिनभित्र वास्तविक सुकुम्वासी पहिचान गरिने

सम्बन्धित

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

साढे ६ वर्षपछि फ्रिक्वेन्सी अक्सन खुल्यो, ८०० मेगाहर्ज ब्यान्डमा प्रतिस्पर्धा हुने

नबिल बैंकका गणेशप्रसाद अवस्थी डीसीईओमा बढुवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu