ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनाशकारी बाढीपछि खाद्य संकटको चिन्ता, सरकारले खाद्य सुरक्षा प्रतिकार्यका लागि गर्‍यो अपिल


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ४५   बजे

काठमाडौं । चीनको स्वशासित क्षेत्रबाट सुरु भई रसुवाको भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित नागरिकका लागि खाद्य सुरक्षा प्रतिकार्यलाई तीव्र बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहयोगको अपिल गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै खाद्य सुरक्षा क्लस्टरमा आबद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई प्रभावित क्षेत्रमा आवश्यक खाद्य सामग्री तथा अन्य अत्यावश्यक सहयोग पुर्‍याउन समन्वयात्मक रूपमा परिचालित हुन आग्रह गरेको हो।

मन्त्रालयले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

सहसचिव ई. जगन्नाथ तिवारीका अनुसार बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकलाई पर्याप्त खाद्य सामग्री र अन्य अत्यावश्यक सहयोगको पहुँच सुनिश्चित गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ।

खाद्य सुरक्षा क्लस्टरलाई उच्च सतर्कतामा रहन निर्देशन

खाद्य सुरक्षा क्लस्टरको नेतृत्वदायी निकायका रूपमा मन्त्रालयले आफ्ना सह–अगुवा तथा सदस्य संस्थाहरूलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

प्रभावित क्षेत्रमा खाद्यान्नको अभाव हुन नदिन तथा तत्काल देखिन सक्ने खाद्य सुरक्षासम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न सबै साझेदार संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विशेषगरी खाद्य सामग्री, खानेपानी तथा अन्य अत्यावश्यक राहत सामग्रीको परिचालनलाई तीव्र बनाउन आग्रह गरेको छ।

राहत परिचालनमा एकजुट हुन आग्रह

विनाशकारी बाढीका कारण विस्थापित भएका तथा जोखिममा रहेका परिवारको संख्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले संकटको यस घडीमा सबै सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र साझेदारलाई एकताबद्ध भएर राहत तथा खाद्य सुरक्षा व्यवस्थापनमा जुट्न आह्वान गरेको छ।

मन्त्रालयले प्रभावित क्षेत्रमा खाद्य सामग्रीको तत्काल आवश्यकता पहिचान गरी राहत परिचालनलाई प्रभावकारी, समन्वयात्मक र आवश्यकतामा आधारित बनाउनुपर्नेमा जोड दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

रसुवा बाढीमा ५० भन्दा बढीको मृत्यु : उद्धार र राहतलाई तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन

रसुवा बाढीमा ५० भन्दा बढीको मृत्यु : उद्धार र राहतलाई तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता

भोटेकोसी बाढीको विनाश : १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त, ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिर

भोटेकोशी बाढीले देशको विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित

पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu