ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यान जोगियो, तर भविष्य अनिश्चित : भोटेकोशी बाढीबाट उद्धार गरिएकाको पीडा र संघर्ष


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ६ : ०५   बजे

देवीघाट (नुवाकोट) । “हामी जीवित छौँ, यही नै हाम्रा लागि ठूलो सौभाग्य हो,” रसुवाको टिमुरेबाट उद्धार गरी नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेकमा ल्याइएकी अमेरिकी नागरिक अञ्जना राजाले भोटेकोशीमा आएको विनाशकारी बाढीको कहालीलाग्दो अनुभव सुनाउँदै भन्नुभयो।

कैलाश मानसरोवर यात्राका लागि टिमुरे पुगेकी राजाले बुधबार बिहानको घटना सम्झँदै भन्नुभयो, “हामीले टिमुरे बजारमा खाना खाने योजना बनाएका थियौँ। त्यही बेला नदीमा चार तलामाथिसम्म उर्लिएको बाढी देखियो। चालकले बाढी देख्नासाथ दौडन थालेपछि हामी पनि माथिल्लो क्षेत्रमा भाग्यौँ र ज्यान जोगाउन सफल भयौँ।”

अञ्जना राजासहित करिब एक सय विदेशी नागरिकलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी बिहीबार बेलुकीसम्म मैथली ब्यारेक पुर्‍याएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

May be an image of helicopter

उद्धार गरिएकाहरूलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर आवश्यक उपचार तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। चिकित्सकीय उपचार वा विशेष निगरानी आवश्यक नभएका व्यक्तिहरूलाई भने स्वेच्छाले आफन्त तथा परिवारको जिम्मा लगाइएको छ।

भोटेकोशी बाढीपछि नुवाकोटको बट्टारस्थित मैथली ब्यारेक प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापनको प्रमुख केन्द्र बनेको छ। नुवाकोटकै देवीघाट, त्रिशूली बजार, ढुङ्गे तथा बेत्रावतीलगायत क्षेत्रबाट उद्धार गरिएकाहरूलाई मैथली ब्यारेक तथा जिल्ला आयुर्वेद अस्पताल, देवीघाटमा राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाल सरकारका विभिन्न निकायसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा तीव्र रूपमा उद्धार अभियान सञ्चालन भइरहेको छ। सुरक्षा निकायको संयुक्त परिचालनका कारण बाढीमा फसेका ठूलो सङ्ख्याका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन सम्भव भएको उहाँले बताउनुभयो।

यद्यपि, उद्धार अभियान अझै जारी छ। हाइड्रोपावरको सुरुङभित्र फसेका करिब एक सय जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ। बिहीबार साँझसम्म सुरुङमा फसेका मजदुर तथा स्थानीय बासिन्दासहित करिब ३५० जनाको उद्धार गरिएको थियो।

May be an image of one or more people, people climbing, mountain and grass

उता, विदुर नगरपालिका–५, देवीघाट क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। प्रहरी एकाइ देवीघाटका प्रहरी सहायक निरीक्षक अरुणकुमार बैठाका अनुसार त्रिशूली नदी आसपासका करिब दुई सय घर बाढीको चपेटामा परेका छन्। बाढी बस्तीमा प्रवेश गर्नुअघि खाली गराइएका करिब १५० जनालाई जिल्ला आयुर्वेद अस्पतालमा अस्थायी रूपमा राखिएको छ।

प्रहरी, स्थानीय सामाजिक संस्था, रेडक्रस तथा स्वयंसेवकहरूको सहयोगमा प्रभावित नागरिकका लागि खानपान र बसोबासको व्यवस्था मिलाइएको छ। लामीबगैँचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलका अनुसार प्रभावित परिवारलाई खाद्यान्न, हाइजिन किट, चाउचाउ, बिस्कुट, चामल तथा अन्य आवश्यक सामग्री राहतका रूपमा वितरण गरिएको छ।

देवीघाटमा घर बगाएपछि जिल्ला आयुर्वेद अस्पतालमा आश्रय लिइरहेकी बिनिता चित्रकार तत्कालका लागि उपलब्ध गराइएको खानपान र बसोबासको व्यवस्थाप्रति सन्तुष्ट देखिनुहुन्छ। तर, उहाँलाई अबको भविष्यले चिन्तित बनाएको छ। “अहिले त ज्यान जोगियो, बस्ने ठाउँ र खाना पनि पाइरहेका छौँ,” उहाँको भावनामा भविष्यको अन्योल झल्किन्छ, “तर अब घर कहाँ बनाउने, कसरी फेरि जीवन सुरु गर्ने भन्ने चिन्ता छ।”

May be an image of train and helicopter

मैथली ब्यारेकमा आश्रय लिइरहेका पेमा थुम्बेले पनि आफूले बाँच्ने आशा लगभग त्यागिसकेको अवस्थामा नेपाली सेनाले उद्धार गरेको बताउनुभयो। बिहीबार बिहान सुरक्षित स्थानमा ल्याइएपछि उहाँले उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो।

भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका कैयौँ बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। कतिपय नागरिक अझै सम्पर्कविहीन छन् भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ। ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेकाहरूका लागि तत्कालको उद्धार सम्पन्न भए पनि घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका हजारौँ परिवारका लागि पुनःस्थापनाको चुनौती भने अब सुरु भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा, ३६ करोड जुट्ने

भोटेकोसी बाढीको आर्थिक क्षतिको विस्तृत अध्ययन गर्ने राष्ट्रिय योजना आयोग

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu