ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ६ : १५   बजे

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये बिहीबार राति १० बजेसम्म ३८९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि अझै ९७७ जना सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीले रसुवा र आसपासका जिल्लासहित त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्।

चितवनमा १३७ जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा ८७ जनाको शव संकलन गरिएको छ। यस्तै, धादिङमा ३३ जना, गोरखामा विभिन्न मानव अंगसहित ३२ जना, नुवाकोटमा २८ जना, तनहुँमा २८ जना र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

रसुवा जिल्लामा १७ जनाको शव फेला परेको छ। बाढीको मूल प्रभावित क्षेत्र रसुवा भए पनि नदीको तीव्र बहावले शवहरू तल्लो तटीय जिल्लासम्म पुर्‍याएकाले विभिन्न जिल्लामा खोज तथा शव संकलन कार्य जारी रहेको छ।

बाढीपछि ठूलो संख्यामा सुरक्षाकर्मी तथा सरकारी कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरी बल नेपालका १३ जना अझै सम्पर्कमा आएका छैनन्।

यसैगरी, अध्यागमन कार्यालयका चार जना र भन्सार कार्यालयका १५ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। रसुवा जिल्लाबाट १६१ जना र मकवानपुर जिल्लाबाट ६६ जना अझै सम्पर्कमा नआएको सम्बन्धित जिल्ला विपद् व्यवस्थापन निकायबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ।

बाढीको प्रभाव विदेशी नागरिकमाथि समेत परेको छ। प्रभावित क्षेत्रमा रहेका ५१७ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका तर विदेशमै बसोबास गर्दै आएका १२७ जना नेपाली नागरिक पनि अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। नुवाकोटबाट थप एक जना बेपत्ता रहेको विवरण पनि प्राप्त भएको छ।

बाढीमा परी घाइते हुनेको संख्या भने ७३ पुगेको छ। घाइतेमध्ये रसुवामा ४३ जना, नुवाकोटमा २७ जना र धादिङमा तीन जना रहेका छन्। उनीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्राधिकरणले जनाएको छ।

भोटेकोशीमा आएको भीषण बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासन खोज, उद्धार र राहत कार्यमा निरन्तर खटिएका छन्। नदीको तटीय क्षेत्रका विभिन्न स्थानमा शव खोजी तथा पहिचानको काम जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या थप परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu