ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपीडितको उद्धार र उपचारमा काठमाडौं महानगरको सक्रियता


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १२ : ५५   बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सक्रिय रूपमा काम अघि बढाउने भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बाढी प्रभावित घाइते तथा बेपत्ता आफन्तका परिवारसँग भेटघाट गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। डङ्गोल नेतृत्वको टोलीले दुवै अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्था, उपचारको व्यवस्था तथा औषधि र उपकरणको उपलब्धताबारे जानकारी लिएको थियो। डङ्गोलले अहिले राष्ट्रिय सङ्कटको अवस्था रहेकाले नागरिकको जीवनरक्षा, घाइतेको उपचार तथा राहत कार्यलाई प्राथमिकतामा राखिएको बताइन्। उनले परिवार तथा आफन्त गुमाएका व्यक्तिलाई महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन्। त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. पवनराज चालिसेले विपद्का कारण आकस्मिक स्वास्थ्य सेवामा चाप बढेकाले औषधि तथा अन्य अत्यावश्यक सामग्रीको थप व्यवस्था गर्नुपर्ने अवस्था रहेको जानकारी दिए। यस्तै, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले उपचाररत घाइतेहरूको अवस्थाबारे महानगरको टोलीलाई जानकारी गराएका थिए। कार्यवाहक प्रमुख डङ्गोलले भोटेकोशी बाढीबाट भएको क्षति निकै ठूलो रहेको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन महानगरपालिका प्रतिबद्ध रहेको बताइन्। उनले घाइतेको उपचार खर्चमा सहयोग गर्नुका साथै बेपत्ता भएका व्यक्तिका परिवारलाई खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्ने आश्वासन दिएकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा अस्थायी तालको ओभरफ्लो रोकियो, चिनियाँ अधिकारीद्वारा उद्धार कार्य पुनः सुरु

तिब्बतमा थुनिएको ताल भरिएर पानी बग्न थालेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

सम्बन्धित

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

नेपालबाट बगेर भारत पुगेको आशंका, गण्डक नदीमा ७ शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu