काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
Originally published on abcnews.com.np.
काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत सामग्री वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभयो । उहाँहरूले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।
गत बुधबार आएको भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । बाढीका कारण बस्ती, पुल, सडक तथा कृषि क्षेत्रमा समेत व्यापक क्षति भएको छ ।
बैंकले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उनीहरूको जीवनयापन सहज बनाउन सहयोग गर्ने जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्