ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। नर्वेली राजदरबारका अनुसार ओस्लोस्थित नेसनल अस्पतालमा बिहान ६ः३५ बजे उहाँको निधन भएको हो।

दोस्रो विश्वयुद्धका क्रममा नाजी कब्जाका बेला बाल्यकालमै परिवारसँगै अमेरिका निर्वासित हुनुभएका हेराल्ड युरोपकै सबैभन्दा बढी उमेरका बहालवाला राजा हुनुहुन्थ्यो। करिब तीन दशक लामो शासनकालमा उहाँले नर्वेको राजतन्त्रलाई आधुनिक र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

राजा हेराल्डको निधनपछि उहाँका छोरा युवराज हाकोनले नर्वेको नयाँ राजाका रूपमा पदभार सम्हाल्नुभएको छ। नर्वेमा राजतन्त्रको भूमिका मुख्यतः संवैधानिक र औपचारिक हुने गर्छ। देशको वास्तविक राजनीतिक अधिकार भने जननिर्वाचित संसद् र सरकारमा निहित हुन्छ।

तीन दशक नर्वेको राजगद्दीमा

हेराल्डका पिता राजा ओलाव पाँचौँको सन् १९९१ जनवरीमा निधन भएपछि उहाँले नर्वेको राजगद्दी सम्हाल्नुभएको थियो। उहाँले ‘अल फर नर्वे’ भन्ने शाही आदर्श वाक्य अपनाउनुभएको थियो।

सन् २०१६ मा दिनुभएको एक चर्चित भाषणमा राजा हेराल्डले एलजीबीटीक्यू प्लस समुदायको अधिकार, शरणार्थीको संरक्षण तथा धार्मिक सहिष्णुताको खुलेर समर्थन गर्नुभएको थियो। उक्त भाषणलाई नर्वेली समाजमा विविधता, समानता र आधुनिकताको पक्षमा महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिइन्छ।

युवराज हाकोन नयाँ राजा

पिताको निधनसँगै युवराज हाकोनले नर्वेको नयाँ राजाका रूपमा पदभार सम्हाल्नुभएको छ। संवैधानिक राजतन्त्र रहेको नर्वेमा अब उहाँले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नुहुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

नेपालमा बाढीपछि उद्धार तथा राहतका लागि सी चिनफिङको नेतृत्वमा चीनमा बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu